×

NMB BANK
NIC ASIA

बर्दिबास घटना : आरोपी साहविरुद्ध ४ मुद्दा, दुई प्रहरी जिल्ला तानिए

मंसिर १६, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १४ निवासी शहिद अन्सारीकी ६ वर्षीया बालिका गुलाबसा खातुनको हत्या भएको घटनाको अनुसन्धान प्रक्रिया तीव्र बनाइएको छ ।

Muktinath Bank

मंसिर ७ गाते बालिकाको हत्या गरिएको अवस्थामा प्रहरीले शव भेटेको थियो । इलाका प्रहरी कार्यालय बर्दिबासमा दर्ता भएको जाहेरीपश्चात प्रहरीले आफ्नो अनुसन्धानलाई अगाडि बढाएको प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ परेका महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ५ का अरुणकुमार साहमाथि बालिकाको अपहरण, शरीर बन्धक, जबरजस्तीकरणी (बलात्कार) तथा कर्तव्य ज्यान (हत्या) मुद्दा गरेर कुल चारवटा मुद्दा दर्ता भई सूक्ष्म तरिकाले अनुसन्धान अगाडि बढेको चापागाईँले बताए । 


Advertisment
Nabil box
Kumari

‘पक्राउ परेकै बेला प्रतिवादी साहले सबै आरोप स्वीकार गरेको थियो, उसले नै शव फालिएको स्थान देखाएपछि बालिकाको शव बरामद गरिएको थियो,’ डीएसपी चापागाईंले भने, ‘उक्त घटनाको अहिले हामीले निकै सुक्ष्म (क्लोज) तरिकाले अनुसन्धान गरिरहेका कारण धेरै कुरा बताउन मिल्दैन ।’

Vianet communication
Laxmi Bank

बालिकाको शव बरामद भएको भोलिपल्ट आक्रोशित भीडले प्रतिवादी साहको बर्दिबासस्थित घर नै जलाइदिएको थियो । उक्त घटनाको विषयमा भने अहिलेसम्म कुनै पनि मुद्दा दर्ता नभएको उनले खुलाए । ‘प्रहरीले रोक्दारोक्दै पनि उत्तेजित भीडले प्रतिवादीको घर जलाएका थिए,’ डीएसपी चापागाईंले भने, ‘प्रतिवादीको घर जलाउनु पनि अपराध नै भएका कारण उनका बुवा उक्त घटनाको जाहेरी लिएर आए मुद्दा दर्ता भई त्यसको पनि अनुसन्धान हुन्छ ।’ 

कुनै घटनाको प्रतिवादी हुँदैमा भीडले गएर उसको घर जलाइदिने काम गर्नु भनेको पनि आपराधिक घटना नै भएका कारण पछि उक्त घटनाको पनि स्वतः छानबिन भएर मुद्दा दर्ता भई कारवाहीको प्रक्रिया अगाडि बढ्ने उनले बताए । ‘घरमा आगजनी भएको घटनाको फूटेज नै भएका कारण उक्त फूटेजका आधारमा संलग्न मानिसहरूलाई कारवाहीको दायरामा ल्याइनेछ,’ उनले भने । 

बालिका हत्याको घटनालाई लिएर न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूमाथि प्रहरीले गोली प्रहार गर्दा घाइते भएका बर्दिबासका सञ्जय भन्ने बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।

ती सबै घटनाहरूको छानबिन गर्नका लागि गृह मन्त्रालयले मंसिर ११ गते निर्णय गदै उपसचिवको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

दुईजना प्रहरी जिल्ला तानिए 

इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत रहेका दुईजना प्रहरी कर्मचारीहरूलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको जलेश्वरमा तानिएको छ । प्रहरी नायब निरीक्षक वीरेन्द्रसिंह र प्रहरी हवल्दार फूलगेन मण्डललाई जिल्लामा तानिएको छ ।

उक्त घटनामा के कसो भएको हो भन्ने कुराको सोधपुछ गर्नका लागि तानिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीका बहादुर केसीले बताए । ‘उक्त दुवैजना प्रहरीको पनि घटनामा कतै केही संलग्नता छ भनेर कुरा उठेपछि सोधपुछ गर्नका लागि झिकाइएको हो,’ केसीले भने, ‘नेपाल सरकारले गठन गरेको छानबिन समितिले पनि छानबिनका क्रममा सोधपुछ गर्ने नै होला, त्यसअघि हामीले पनि आन्तरिक छानबिनका लागि झिकाएको हो ।’

प्रतिवादी साहसँग ती प्रहरी कर्मचारीहरूको पहिलेदेखि पनि व्यापारी भएको नाताले खानपिन र उठबस हुने गरेको भन्ने कुरा स्थानीयले उठाएपछि प्रहरीले सोधपुछ गर्नका लागि जिल्लामा तानेको हो । प्रतिवादीलाई जोगाउन प्रहरी नै कतै सक्रिय थिए कि भन्ने आशंका स्थानीयले गरेका थिए । 

प्रहरीको ती प्रतिवादीसँगको उठबस तथा खानपिनको कुरा स्थानीयहरूले कुरा उठाएको बर्दीबास नगरपालिकाका प्रमुख (मेयर) बिदुर कार्की पनि बताउँछन् ।

‘तर, प्रहरीमाथि आरोप वा उठेको आशंकाको कुरा सत्य हुन पनि सक्छ, नहुन पनि सक्छ वा व्यक्तिगत आक्षेप पनि हुन सक्छ ,’ प्रमुख कार्कीले भने, ‘ती सबै कुराको छानबिन गृह मन्त्रालयबाट गठित छानबिन समितिले गर्ने नै छ, अनि सत्य, तथ्य बाहिर आउला । ’

छानबिन समितिले आजबाट छानबिन शुरू गर्ने 

गृह मन्त्रालयबाट गठित ३ सदस्यीय छानबिन समितिले आजबाट छानबिन शुरू गर्नेछ । गृहमन्त्रालयका उपसचिव रुद्र पण्डितको संयोजकत्वमा गठित समितिमा २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईं र राष्ट्रिय अनुसन्धान विभाग, धनुषाका एसपी अभिनय सिंह सदस्य छन् । आज मंगलवार संयोजकजी आएपछि छानबिन आजबाट नै थालिने वा नभए भोलिबाट छानबिन थालिने छानबिन समितिका सदस्य सिंहले बताए । 

मुख्य रूपमा बालिका हत्या र न्यौपानेको मृत्युदेखि घटनाका सबै पाटोहरूमा छानबिन गरिने उनले बताए । ‘बालिका हत्याको पाटोमा त सबै कुरा प्रस्ट भई नै सकेको छ, प्रहरीले पनि आरोपीलाई पक्राउ गरेर अनुसन्धान थालिसकेको छ, त्यसैले त्यो पाटोमा धेरै केही गर्नुपर्ने स्थिति भने छैन,’ एसपी सिंहले भने, ‘तर, प्रहरीले किन गोली चलाउनुपर्‍यो, सञ्जय न्यौपानेको मृत्यु किन भयो लगायतका विषयमा छानबिन गरिनेछ । ’ 

बालिका हत्याका आरोपित मानिस पक्राउ परिसकेपछि पनि भीडले आरोपित मानिसको घर किन जलायो, उसको घरको सुरक्षाका लागि प्रहरीले के गर्‍यो, प्रहरीले गोली चलाउनै पर्ने स्थिति किन आयो, त्यो स्थितिसम्म आउनुभन्दा पहिले चाल्नुपर्ने आवश्यक कदमहरू चालिएको थियो वा थिएन लगायतका विषयमा छानबिन गरिने छानबिन समिति सदस्य सिंहले लोकान्तरलाई बताए ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x