भारत र पाकिस्तानको सीमा क्षेत्र जम्मु काश्मिरमा पुनः भारत र पाकिस्तानी सुरक्षाकर्मीबीच गोली हानाहान भएको छ ।
जम्मु काश्मिरको पुञ्ज जिल्लाको नियन्त्रण रेखा (एलओसी) नजिक अग्रिम चौकीमा गोली हानाहान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जसमा भारतीय सीमा सुरक्षा बल (बीएसएफ)का एक अधिकारीको मृत्यु भएको बताइएको छ । पछिल्लो पाँच दिनमा भारत र पाकिस्तानी सीमा सुरक्षा फौजबीच भिडन्त भएको यो दोस्रो पटक हो ।
भारतीय सुरक्षा अधिकारीका अनुसार मेन्ढर सेक्टरको तार कुँडी इलाकामा सीमा पारीबाट गोलाबारी गरिएको बताइएको छ ।
पाकिस्तानी फौजले बिनाकारण आक्रमण गरेपछि आफूहरुले पनि जवाफी फाइरिङ गरेको भारतीय सुरक्षा अधिकारीको भनाइ छ ।
यसअघि २७ नम्बरको राजौरी जिल्लाको सुन्दर बनी सेक्टरमा पाकिस्तानी फाइरिङमा दुई भारतीय सैनिक मारिएका थिए ।
सुन्दरबनी सेक्टरमा मारिने सैनिक प्रेम बहादुर खत्री र राइफल मेन सुखबीर सिंह थिए । एजेन्सी
लोकान्तर संवाददाता