२७ जेठ २०८३, बुधबार

अस्ट्रेलियाली सैनिकको क्रूरता सार्वजनिक, अफगानी लडाकूको नक्कली खुट्टाबाट पिए बीयर

मंसिर १६, २०७७
अस्ट्रेलियाली सैनिकको क्रूरता सार्वजनिक, अफगानी लडाकूको नक्कली खुट्टाबाट पिए बीयर

अस्ट्रेलियाको विशेष सैन्यबलका सैनिकहरूले अफगानिस्तानमा मृत तालिबान लडाकूको नक्कली खुट्टाबाट बीयर पिएको तस्वीर द गार्डियन पत्रिकाको अस्ट्रेलिया संस्करणले प्रकाशन गरेको छ । 

तस्वीरमा एक वरिष्ठ बहालवाला सैनिकले अनधिकारिक बारमा नक्कली खुट्टाबाट बीयर पिएको देखिन्छ । घटना उरुजगान प्रान्तको राजधानी तारिन कोटमा सन् २००९ मा भएको हो । 

अर्को तस्वीरमा दुई सैनिकहरूले उक्त खुट्टा हातमा लिएर नाचेको देखिन्छ । 

यसरी नक्कली खुट्टाबाट रक्सी पिउने अभ्यासलाई उच्च अधिकारीहरूले अनुमति दिने गरेको र आफैं पनि संलग्न हुने गरेको केही सैनिकहरू बताउँछन् । उनीहरूले तालिबान लडाकूको नक्कली गोडालाई विजय उपहारका रूपमा राख्ने गरेको पाइएको छ जबकि उनीहरूले युद्धभूमिबाट त्यस्तो कुरा लान पनि पाउँदैनथिए, राख्नु त परैको कुरा हो । 

यस्तो संस्कृति अपनाएकोमा सैनिकहरूलाई ब्रेरेटन प्रतिवेदनमा आलोचना गरिएकोमा जवानहरू रिसाएका छन् किनकि उच्च अधिकारीहरू आफैं पनि यसमा संलग्न रहने गरेको उनीहरूको भनाइ छ । लडाकू संस्कृतिका कारण

यस्ता किसिमका युद्धअपराधहरू हुने गरेको ब्रेरेटन प्रतिवेदनमा उल्लेख गरिएको छ । 
 

बीयर पिउन उपयोग गरिएको नक्कली गोडा एसएएसआर २ स्क्वाड्रन आक्रमणमा मारिएका तालिबान लडाकूको भएको विश्वास गरिएको छ । 

उक्त नक्कली गोडा युद्धभूमिबाट लिइएको र फ्याट लेडीज आर्म्स नामक बारमा राखिएको अनि त्यस बारमा पुग्नेहरूले त्यसबाट बीयर पिउने गरेको बताइन्छ । 

वरिष्ठ कमान्डरहरूले कहिलेकाहीँ बार पुग्ने अनि विशेषगरी एन्जाक डेको दिन उक्त नक्कली खुट्टाबाट बीयर पिउने गरेका थिए । 

अस्ट्रेलियाको विशेष सैन्य बल समुदायमा वरिष्ठ अधिकारीहरूले खुट्टाबाट बीयर पिउने गरेको हल्ला चलिरहेको भए पनि तस्वीर नै चाहिँ पहिलोपटक सार्वजनिक भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्