कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
चीन र दक्षिण कोरियाका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू झगडा गरिरहेका छन् ।
कोरियाली खानाको अभिन्न अंगका रूपमा रहेको किम्ची कसले बनाउन शुरू गरेको भन्ने विषयमा विवाद उठेको हो ।
चीनको किम्ची कम्पनीले अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ प्रमाणपत्र हात पारेपछि अन्लाइनमा युद्ध शुरू भएको हो ।
चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले आईएसओ हैसियत चीनको नेतृत्वमा रहेको किम्ची उद्योगले पाएको अन्तर्राष्ट्रिय पहिचान भनी लेख्यो ।
किम्ची शब्दको प्रयोग चीनले गरेपछि दक्षिण कोरियालीहरू क्रुद्ध भए अनि किम्चीलाई चीनले हडप्न खोजेको आरोप लगाए । तर आईएसओको पुरस्कारले पाओ चाइ भनिने अचार बनाइएको तरकारीलाई मात्र समेटेको उनीहरूको भनाइ छ ।
‘
कस्तो बकवास कुरा, हाम्रो संस्कृति हडप्न खोज्ने चोर,’ दक्षिण कोरियाका एक सामाजिक सञ्जाल प्रयोगकर्ताले नाभेर नामक लोकप्रिय वेब पोर्टलमा लेखे ।
सौलमा बस्ने किम सियोल–हाले भने, ‘किम्ची आफ्नो हो भनी चीनले भनेको अनि यसको अन्तर्राष्ट्रिय मापदण्ड बनाउन खोजेको मिडियामा पढें । यो बकवास कुरा हो ।’
चीनले किम्चीमा लोभ गर्नु भनेको संसारमा प्रभुत्व जमाउन खोज्नु बराबर हो भनी केही दक्षिण कोरियाली मिडियाले लेखे ।
चीन र दक्षिण कोरियाका सामाजिक सञ्जाल प्रयोगकर्ताले यसअघि गत अक्टोबर महिनामा बीटीएस नामक कोरियाली पप ब्यान्डका प्रमुखको अभिव्यक्तिका विषयमा झगडा गरेका थिए । उनले कोरियाली युद्धपछि आफ्नो देशले अमेरिकासँग एक्यबद्धता गरेको बताए । उक्त युद्धमा चीनले उत्तर कोरियाको पक्षमा लडेको थियो ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...