लगातार दोहोरो अंकको वृद्धि तथा कारोबार रकममा समेत नयाँ–नयाँ कीर्तिमान कायम गरेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलवार भने झिनो अंकले मात्रै उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलवार नेप्से ३.३५ विन्दुले उकालो लागेर २ हजार बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने मंगलवार १.७७ विन्दुले ओरालो लागेर ३८३.७९ मा पुगेको छ ।
नेप्सेमा झिनो अंकको सुधार भए पनि कारोबार रकम भने पनि ७ अर्ब रुपैयाँ बराबरको नै भएको छ । कूल १९७ कम्पनीको १ करोड ८५ लाख ७६ हजार ७०८ कित्ता शेयर ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ मा कारोबार भयो ।
स्टकका अनुसार मंगलवार कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ उपसमूहको शेयर उकालो लाग्दा ७ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ४१.४३, व्यापार १०७.६४, होटल २०.८२, विकास बैंक ५२.८४, वित्त ७.४३, निर्जीवन बीमा ३४ र सामूहिक लगानी कोष ०.१८ विन्दुले ओरालो लागे ।
जलविद्युत् ३८.६३, उत्पादन ९९.८१, अन्य १०७.७, लघुवित्त १.४३ र जीवन बीमा २१६.८३ बिन्दुले उकालो लागे । स्टकका अनुसार मंगलवार कारोबारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६५ करोड ७९ लाख ८८ हजार १०२ रुपैयाँ बराबरको कारोबार भयो ।
नेपाल दूरसञ्चार कम्पनी ४४ करोड ३६ लाख ५० हजार ३९९ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ३३ करोड ९० लाख ३५ हजार १६८ रुपैयाँ, नेपाल बंगलादेश बैंक २५ करोड २६ लाख २४ हजार ५९६, प्रभु बैंक २० करोड ८५ लाख ६० हजार ५३, शिवम् सिमेन्ट २० करोड ३७ लाख २२ हजार ९८२ र नबिल बैंक २० करोड ११ लाख ९४ हजार ६६० रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार मंगलवार पुनरबीमा कम्पनी ९.९७, रसुवागढी हाइड्रोपावर ९.९६, माथिल्लो तामाकोशी ९.८५, नेपाल दूरसञ्चार कम्पनी ९.७१, साञ्जेन जलविद्युत् कम्पनीका लगानीकर्ताले ९.६८ प्रतिशतले कमाए । ग्रीन डेभलपमेन्ट बैंक ७.७३, नेपाल बंगलादेश बैंक ५.६८, बोटलर्स नेपाल तराई ५.३२, मल्टीपर्पोज फाइनान्स ५.११ र साल्ट टे«डिङ कर्पोरेसनका लगानीकर्ताले ४.५० प्रतिशतले गुमाए ।
रासस