बजारमा १७ कम्पनीका आईपीओ आउँदै, यस्तो छ सेयर बजार बढ्नुको रहस्य

 धितोपत्र बजारले बुलिसको यात्रा तय गर्दै नेप्से २ हजार नाघ्दा नेपाल धितोपत्र बोर्डले संयमित भएर लगानी गर्न आग्रह गरेको छ भने प्राथमिक बजारमा १७ वटा कम्पनीका आईपीओ आउँदैछ ।

सेयर मार्केटको दोस्रो बजारमा कारोबार रकम र परिसूचकले सँगै उचाइ लिइरहँदा प्राथमिक बजारमा ५ अर्ब रुपैयाँबराबरको नयाँ सेयर आउन लागेको हो ।


Advertisement

प्रतिकित्ता १ सय रुपैयाँका आधारमा यो ४ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको हुनेछ । नेपाल धितोपत्र बोर्डमा आईपीओ अनुमतिका लागि आवेदन दिएका १५ र अनुमति पाइसकेका २ गरी कुल १७ कम्पनीले ४ करोड ८९ लाख कित्ताभन्दा बढीको आईपीओ जारी गर्न लागेका हुन् ।

१० वटा जलविद्युत् कम्पनी, ३ अन्य समूह, एउटा लघुवित्त र एक मर्चेन्ट बैंकका कुल ४ करोड ३० लाख ३२ हजार ८ सय ३६ कित्ता सेयर पाइपलाइनमा रहेको छ । धितोपत्र बोर्डसँग आईपीओनिष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनी जलविद्युत् समूहका रहेका छन् ।


Advertisement

दोस्रो बजार बुलिस ट्रेन्डमा माथि उक्लिरहँदा मंगलबार भने नेप्से करेक्सन मुडमा गएको छ । नेपाल धितोपत्र बोर्डले अध्ययन र अनुसन्धानसहित संयमित भएर लगानी गर्न आग्रह गरेलगत्तै नेप्सेमा केही करेक्सन भएको हो ।

नेप्सेले चार वर्ष लामो वियरिस यात्रा पार गरिसकेको छ । सोही कारण पनि अब बुलिस प्रवृत्तिमा बजार अघि बढेको विश्लेषण हुन थालेको छ । बजार बुलिस क्रममा रहँदा लगातार भाउ वृद्धि भइरहनुलाई स्वभाविक मानिन्छ ।

अनलाइन प्रविधि प्रयोगका कारण लगानीकर्तालाई सेयर खरिदबिक्रीमा निकै सजिलो भएको कारणले पनि नेप्से बुलिस ट्रेन्डमा गएको एक पक्षको भनाइ छ । अर्को पक्ष भने लगानीका अन्य क्षेत्र सुस्ताएकाले पनि लगानीकर्ताको आकर्षण यतातिर देखिएको हो ।

ब्रोकरलाई दिइएको नेटिङको सुविधाले पनि कारोबारमा उमंग ल्याउन सहयोग पुगेको हो । खरिद र बिक्री दुवैको हिसाब मिलाएर कारोबारको सेटलमेन्ट गर्ने सुविधा ब्रोकरलाई छ । यसैगरी, बैंकहरूले सहजरूपमा सेयर कर्जा दिइरहेका छन् ।राजधानी दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्