कोरोनाभाइरसविरुद्ध फाइजर बायोनटेकले बनाएको खोप प्रयोग गर्न दिने संसारको पहिलो मुलुक बेलायत भएको छ ।
बेलायतको स्वास्थ्य नियामक एमएचआरएले यस खोपबाट कोभिडविरुद्ध ९५ प्रतिशत सुरक्षा दिने र आगामी हप्तादेखि प्रयोग गर्न यो सुरक्षित रहेको जनाएको छ ।
उच्च प्राथमिकता समूहमा रहेका व्यक्तिहरूलाई केही दिनभित्रै खोप दिइनेछ ।
बेलायतले खोपको चार करोड डोज मगाएको छ । त्यसले दुई करोड मानिसलाई दुईवटा शट दिन पुग्नेछ ।
लगभग १ करोड डोज तत्कालै उपलब्ध हुनेछ । आरम्भिक डोजहरू केही दिनभित्रै बेलायत आइपुग्नेछन् ।
सामान्यतया खोप बनाउन लगभग एक दशक लाग्छ तर यो खोपको अवधारणादेखि उपयोगको चरण जम्मा १० महिनाको रह्यो ।
खोप आएको भए पनि मानिसहरू सतर्क हुनुपर्ने र कोराना नियम पालन गर्नुपर्ने विज्ञहरू बताउँछन् ।
अर्थात्, भौतिक दूरी र मास्क लगाउने काम अनिवार्य गर्नुपर्ने र भाइरस भएका मानिसको जाँच गरेर एकान्तवासमा राख्नुपर्ने हुन्छ ।
बीबीसीबाट
एजेन्सी