बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको छाप र रसिद नक्कली बनाएर कर संकलन गरेको पाइएको छ ।
प्रहरीले मंगलबार वीरगन्ज महानगरपालिका–२ बस्ने ३५ वर्षीय अजय कुमार साहलाई पक्राउ गरेपछि उक्त तथ्य बाहिरिएको हो ।
साहले जीतपुर सिमराको छाप र रसिद नक्कली बनाएर खोलामा कर संकलन गरेको पाइएको छ ।
मंसिर ७ गते जीतपुर सिमराको वडा नम्बर १६ स्थित बालगंगा खोलामा कर संकलन गरेका थिए । विशेष सूचनाका आधारमा खटिएको प्रहरीले कर संकलन गर्दै गरेको अवस्थामा फेला पारेको हो ।
साहलाई जिल्ला अदालत बाराबाट पाँचदिनको म्याद थप लिइ अनुसन्धान जारी राखेको बारा प्रहरीले जनाएको छ ।
लोकान्तर संवाददाता