वैदेशिक रोजगारीको बीमा र कल्याणकारी कोषको रकम इसेवाबाट भुक्तानी गर्ने सेवा शुरू

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इसेवादेखि भुक्तानी गर्न सकिने सेवाको शुरूआत भएको छ ।

यससँगै वैदेशिक रोजगारमा जाँदा इसेवा खाता भएका व्यक्तिले सिधै इसेवाबाट भुक्तानी गर्न सक्नेछन् भने इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्नेछन् । सन नेपाल लाइफ इन्स्योरेन्स्ले जारी गर्ने वैदेशिक रोजगार म्यादी बीमाको इसेवामार्फत भुक्तानी गर्न सकिने जनाइएको छ ।


Advertisement

कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुवै किसिमको भुक्तानी गर्न सकिने इसेवाले जनाएको छ । ‘आफैंले वा आफ्नो साथीभाइको मद्दतबाट रोजगारको अवसर खोजी श्रम स्वीकृति लिने प्रक्रियामा भएका व्यक्तिले इसेवाबाट व्यक्तिगत रूपमा कल्याणकारी कोषमा रकम बुझाउन सकिने छ । पहिले रोजगारका लागि विदेश गइसकेको र पुनः सोही ठाउँमा जान भिसा नविकरण गर्ने व्यक्तिले पनि व्यक्तिगत रूपमा अनलाइन फारम भरी इसेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ,’ इसेवाद्वारा प्रेषित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

म्यानपावरमार्फत बैदेशिक रोजगारमा पठाउने मेनपावर कम्पनीले पनि एकमुस्ट कल्याणकारी कोषमा रकम बुझाउन सकिने छ । जसका लागि कम्पनीले इजाजत प्राप्त गरेको समयमा पाएकोे लट नम्बर प्रयोग गरी पनि इसेवाबाट रकम बुझाउन सकिने जनाइएको छ ।  


Advertisement

इसेवाबाट सिधै बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न सकिने भएपछि वैदेशिक रोजगारीमा जाने व्यक्तिको समय र खर्चको बचत हुने इसेवाले जनाएको छ । यसअघि कल्णकारी कोष र बीमाको रकम बुझाउन लामो समय लाइनमा बस्नुपर्ने बाध्यता रहिआएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्