पुल उद्घाटनको विषयमा विवाद बढ्दा कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

फोटो : शैलेन्द्र मिश्रको ट्वीटरबाट

पुल उद्घाटनको विषयमा विवाद भएपछि प्रहरीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको छ ।

तनहुँको ब्यासमा मोटरेवल पुल उद्घाटनको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच विवाद बढेको थियो ।


Advertisement

तनाव बढ्दै गएपछि प्रहरीले कांग्रेस वरिष्ठ नेता पौडेललाई नियन्त्रणमा लिएको हो । पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै आफू प्रहरी नियन्त्रणमा रहेको बताएका छन् । 

पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले प्रहरीले नियन्त्रणमा लिएर पौडेललाई जिल्ला प्रहरी कार्यालय दमौलीमा राखेको जानकारी दिए । ‘रामचन्द्र पौडेल, कांग्रेस जिल्ला सभापति जीतप्रकाश आले लगायतलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ,’ अधिकारीले लोकान्तरसँग भने । 


Advertisement

पौडेलले नेकपा सांसद किसान श्रेष्ठको दबाबमा प्रहरीले पञ्चायती व्यवहार गरेको प्रतिक्रिया जनाएका छन् । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्