चीन र रुसबीचको प्राकृतिक ग्यास पाइपलाइन शुरू

चीन र रुसको पूर्वी क्षेत्रबीच प्राकृतिक ग्यास पाइपलाइनको मध्यभागमा काम सञ्चालन हुन थालेको छ । यसपछि रुसको साइबेरियाबाट बेइजिङ–तियानजिन–खबे क्षेत्रमा ग्यास पठाइनेछ । 

कुल ११ सय १० किलोमिटर पाइपलाइनले बेइजिङ वरपरको क्षेत्रको वायुको स्तर सुधार गर्ने लक्ष्य लिएको छ । उक्त क्षेत्रमा चीनको स्टील उद्योगहरू रहेका छन् । नयाँ पाइपलाइनले प्रतिदिन २ करोड ७० लाख क्युबिक मिटर ग्यास थपिने चाइना आयल यान्ड ग्यास पाइपिङ नेटवर्क कोर्पले बिहीवार बयान जारी गरेका जनायो । 


Advertisement

यस पाइपलाइनले औद्योगिक क्षेत्रमा आर्थिक विकास प्रवर्द्धन गर्ने पनि उनले बताए । 
 

पाइपलाइनको मध्यभाग जिलिनको चाङलिङ शहरबाट शुरू भएर खबेको योङचिङ शहरमा सकिनेछ । पाइपलाइनले उत्तरपूर्वी र पूर्वी चीनलाई जोड्नेछ । 


Advertisement

चीन–रुस ग्यास पाइपलाइन सन् २०१९ को डिसेम्बर महिनाबाट सञ्चालनमा आएको हो र यसले लगभग ४ अर्ब क्युबिक मिटर पठाइसकेको पाइपचाइनाले जनाएको छ । 

चीनले जुलाई महिनामा चीन–रुस पाइपलाइनको दक्षिणी भागको निर्माण शुरू गरेको थियो र यसको रूटलाई शांघाई पुर्‍याएको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्