संयुक्त राष्ट्रसंघको एक आयोगले गाँजालाई खतरनाक लागूऔषधको सूचीबाट हटाएको छ । यसको औषधीय गुणलाई पहिचान गरेर उसले सूचीबाट हटाएको हो ।
लागूऔषध सम्बन्धी संयुक्त राष्ट्रसंघ आयोगले बुधवार विश्व स्वास्थ्य संगठनको सिफारिशलाई स्वीकृति दिँदै गाँजा र यसको धूलोलाई चौथो शेड्युलबाट हटाएको छ । शेड्युलमा गाँजालाई हेरोइन र अन्य लागूऔषधसँगै राखिएको थियो ।
‘औषधीय उद्देश्यका लागि गाँजा उपयोग गर्ने लाखौै मानिसहरू यस खबरलाई स्वागत गर्छन् र यसले गाँजाबाट बन्ने औषधीय उत्पादनको बढ्दो बजारलाई प्रतिबिम्बित गर्छ,’ औषधि नीति पैरवी समूहहरूले एक विज्ञप्ति निकालेर बताए ।
सीएनएनबाट
एजेन्सी