सम्बन्ध विच्छेदले शारीरिक र मानिसक स्वास्थ्यमा नकारात्मक असर

जोडिसकेको सम्बन्ध टुटाउन कसैलाई रहर हुँदैन । तर, केही परिस्थितिबस मानिसहरु बैवाहिक जीवन तोड्न बाध्य हुन्छन् । सम्बन्ध विच्छेदपछि मानिसमा शारीरिक र मानसिक समस्या देखिने एक अध्ययनले बताएको छ । 

प्रन्टियर्स इन साइकोलोजी नामक पत्रिकामा प्रकाशित एक अध्ययनअनुसार सम्बन्ध विच्छेद पनि अन्य व्यक्तिको तुलनामा शारीरिक र मानसिक समस्या बढेर जाने देखाइएको छ । 


Advertisement

सोधकर्ताले सम्बन्ध विच्छेदपछि मानसिक र शारीरिक प्रभावमाथि अध्ययन गरिरहेका छन् । तर, अहिलेसम्म उनीहरू एकिनका साथ के कारणले सम्बन्ध विच्छेद हुन्छ र त्यसपछि उत्पन्न परिस्थितिको समाना कसरी गर्छन् भन्ने निश्कर्षमा पुग्न सकेका छैनन् । 

डिभोर्स अधिकतर लामो प्रक्रिया हुन्छ । जसमा कैयौं देशमा डिभोर्सका लागि आवेदन दिनुअघि पतीपत्नीलाई केही समय साथ रहन भनिन्छ । देशको आ–आफ्नो कानुन अनुसार समय तोकिएको हुन्छ ।


Advertisement

नेपालमा पनि सम्बन्धविच्छेदअघि केहीसमय पतिपत्नीलाई सँगै बसालेर मेलमिलापको वातावरण बनाउन प्रयास हुन्छ । 

यद्दपि पतिपत्नी बीचमा लामो विछोडपछि मनोवैज्ञानिक तवरले एकदोस्रोलाई सम्झने समय दिइएको हुन्छ । डेनमार्कमा कोपनहेगन विश्वविद्यालयका लेखक गर्ट हाल्डले भनेका छन्, ‘पछिल्लो अध्ययनमा सम्बन्ध विच्छेदअघि हुने तनावबारे अध्ययन हुन सकेको छैन ।’ उनका अनुसार त्यस्ता सम्बन्धबारे अध्ययन गरिएको छ, जुन डेनमार्कमा तत्काल सम्बन्ध विच्छेद गरिएको र आवेदन दिएको पाँच दिनमै टुंग्याइएका छन् । 

अध्ययनका लागि रिसर्च टिमले १,८५६ जोडीलाई लिएका थिए । जसको केही समयअघि मात्रै सम्बन्ध विच्छेद भएको थियो । जसमा सम्बन्ध विच्छेद गर्ने व्यक्तिको पृष्ठभूमि, स्वास्थ्य र उनीहरुको सम्बन्ध विच्छेदसम्बन्धी महत्वपूर्ण प्रश्न सोधिएको थियो । 

अध्ययनबाट सम्बन्ध विच्छेदका कारण अप्रत्याशित रुपमा भावनात्मक र शारीरिक असर देखा पर्ने पाइएको छ । सम्बन्ध विच्छेदको केही समयमा नै यस्तो पृष्ठभूमि अन्य व्यक्तिको तुलनामा डिभोर्सीहरुमा मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर असर परेको पाइएको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्