लण्डनका वैज्ञानिकको अध्ययनअनुसार क्यान्सरका बिरामीले कोरोनाकालमा अन्य समयभन्दा बढी सजकता अपनाउनुपर्ने भएको छ ।
क्यान्सर जितिसकेकालाई पनि फ्लुको संक्रमण भएको खण्डमा समान्य अवस्थामा भन्दा मृत्यु हुने खतरा ९ गुणा बढी रहेको वैज्ञानिकले चेतावनी दिएका छन् ।
अध्ययनमा संलग्न स्कुल अफ साइन्स एण्ड ट्रपिकल मेडिसिनका वैज्ञानिकले भनेका छन्, ‘फ्लु मात्रै होइन, क्यान्सर जितिेकालाई कोरोनाबाट पनि अवस्था गम्भीर हुनसक्ने खतरा छ ।’
ई–क्लीनिकल मेडिसिन जर्नलमा प्रकाशित रिपोर्ट अनुसार कति क्यान्सर जितेका र सामान्य मानिस इन्फ्लुएन्जाका कारण अस्पताल भर्ना भए र तीमध्ये कतिको मृत्यु भयो भन्ने अध्ययनका लागि तथ्यांक लिइएको थियो ।
अध्ययनमा १ लाख क्यान्सर जितेका थिए । वैज्ञानिकले १९९० देखि २०१४ सम्म फ्लुबाट संक्रमित भएका ६ लाख ३० हजार व्यक्तिको तथ्यांक लिएका थिए । जसमा एकलाख क्यान्सर जितेकाहरुको पनि तथ्यांक थियो ।
वैज्ञानिकका अनुसार लिम्फोमा, ल्युकिमिया, मल्टिपल मायलोमा जस्ता क्यान्सर जितेकाहरुमा फ्लुको खतरा ९ गुणा बढी हुन्छ ।
उपचारको १० वर्षपछिसम्म खतरा रहन्छ
अध्ययनअनुसार क्यान्सरको उपचार भएको १० वर्षसम्म पनि संक्रमणको खतरा रहिरहन्छ । लिम्फोमा, ल्युकिमिया, मल्टिपल मायलोमा जस्ता क्यान्सरबाट जितेका एक हजार सर्भावरमध्े हरेक वर्ष फ्लु भएर अस्पताल भर्ना भएको पाइएको छ ।
क्यान्सरका बिरामीमा अन्य रोगको संक्रमण हुने खतरा पनि अधिक रहन्छ । मुटुको समस्या, डायबिटिज, रेस्पिरेट्री र मिर्गौलाको बिरामी हुने खतरा बढी हुन्छ । यस्ता रोग भएकालाई कोरोना संक्रमण हुने हुने सम्भावना पनि बढी रहेको वैज्ञानिकले बताएका छन् ।
रिसर्चमा संलग्न वैज्ञानिक भास्करनका अनुसार चिसो मौसम सुरु भएयता फ्लुको भ्याक्सिन पनि उपलब्ध गराइएको छ । केही महिनासम्मका लागि क्यान्सर जितेकाहरुले भ्याक्सिन लगाएर सुरक्षित रहन अनुरोध गरेका छन् ।
एजेन्सी