×

NMB BANK
NIC ASIA

देशैभरीका नगरबीच भगिनी सम्बन्ध स्थापित गर्दै काठमाडौं महानगर

मंसिर १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं महानगरपालिकाले देशभरका नगरपालिकाहरुसँग भगिनी सम्बन्ध स्थापित गर्ने अभियान थालेको छ । काठमाडौंले महानगरपालिकाले बिहीबार जुम्लाको चन्दननाथ नगरपालिकासँग पनि सम्बन्ध स्थापित गर्ने विषयमा छलफल गरेको छ । 

Muktinath Bank

चन्दननाथकी मेयर कान्तिका सेजुवालसँगको भेटमा काठमाडौं महानगरप्रमुख विद्यासुन्दर शाक्यले देशैभरीका नगरहरुसँग भगिनी सम्बन्ध स्थापित गर्ने अभियान थालेको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले संघीयतालाई मजबुत बनाउन आफूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नगरहरुसँग सम्बन्ध बनाउन लागेको बताए । शाक्यसँग भेटका लागि सेजुवाल प्रशासकिय अधिकृतसहित राष्टिूय सभागृहमा पुगेको काठमाडौं महानगरपालिकाले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

भेटमा काठमाडौंका मेयर शाक्यले चन्दननाथसँग भगिनी सम्बन्धका लागि निर्णय भइसकेको बताउँदै विविधताभित्रका समानता, पर्यटन र पर्यावरणीय सम्बन्ध अघि बढाउने बताए । 

Vianet communication
Laxmi Bank

‘काठमाडौँमा धेरै मूर्त तथा अमूर्त सांस्कृतिक, सम्पदा छन् । मानव निर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक सहर र कर्णालीको दुर्गम नगरपालिका चन्दनथानबीच भगिनी सम्वन्ध स्थापना गर्ने कुरा आफैंमा सकारात्मक छ । प्रकृति र पर्यावरणको समुचित सन्तुलन बिना मानव समाजको अस्तित्व नै संकटमा पर्नसक्ने कुरालाई मनन गर्दै दिगो र नतिजामुखी साझेदारी गर्न चाहेका छौं’, मेयर शाक्यले भने । 

काठमाडौँ महानगरपालिकाले अन्तर्राष्टिय स्तरमा पनि १६ वटा नगरसँग भगिनी सम्वन्ध स्थापना गरिसकेको छ । पाकिस्तानको इस्लामावाद र थाइल्याण्डको बैंकक प्रक्रियामा छन् ।

अन्तर्राष्ट्रिय  सम्बन्धसँग देशभित्रकै पालिकासँगको सम्बन्धको विषय जोड्दै मेयर शाक्यले, संघीयतालाई सार्थक र थप बलियो बनाउन अन्तर पालिका भगिनी सम्बन्धले टेवा पुग्ने अपेक्षा व्यक्त गरे । 

चन्दननाथसँग सम्वन्ध स्थापनापछि जुम्लामा उत्पादिन बहुमुल्य जडीबुटी, स्याउ, सिमी, ओखरलगायतका प्रागंरिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापनमा सहकार्य हुनेछ । रारा, सेफोक्सुण्डो जस्ता ताल जाने बाटोमै रहेकोले चन्दननाथ र काठमाडौंको धार्मिक पर्यटनलाई जोड्न सकिने उनले बताए । 

भेटका क्रममा चन्दनथान नगरकी प्रमुख कान्तिका सेजुवालले, देशभित्रका नगरको सीप नक्कल गर्दा कार्यान्वयन योग्य हुने बताइन् । ‘विदेशी सिको गर्न खोज्दा ढंग नपुगेर धेरै श्रोत र योजना खेर गएका छन् । त्यसैले हामीले हाम्रै राजधानी शहर काठमाडौैं महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्न पहल गरेका हौं,’ सेजुवालले भनिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x