नामिबियामा ‘हिटलर’ले जिते चुनाव

अफ्रिकी मुलुक नामिबियामा भएको आमचुनावमा एडोल्फ हिटलर नामक एक व्यक्ति विजयी भएका छन् । 

जर्मनीको पूर्वउपनिवेश नामिबियामा एडोल्फ हिटलर ऊनोनाले ८५ प्रतिशत मत ल्याएर चुनाव जितेका हुन् । 
 


Advertisement

नामिबियामा कैयौं सडक, स्थान र मानिसको नाम जर्मन भाषामै छ ।

सत्तारूढ स्वापो दलबाट टिकट पाएका ऊनोनाले नाजी विचारधारासँग आफ्नो कुनै साइनो नरहेको बताए । 


Advertisement

‘मेरा पिताले एडोल्फ हिटलर नाम राखिदिए । उहाँलाई हिटलर को हो भन्ने थाहा भएन होला,’ ऊनोनाले भने । 

‘म बालखै हुँदा यो सामान्य नाम थियो । किशोर भएपछि पो मैले थाहा पाएँ, हिटलरले संसारमाथि विजय पाउन चाहेको थियो ।’

उनकी पत्नीले उनलाई एडोल्फ भनी बोलाउँछिन् । आफूले एडोल्फ ऊनोना भनी चिनाउने गरेको र नाम परिवर्तन गर्नका लागि धेरै ढिलो भइसकेको उनले बताए । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्