×

NMB BANK
NIC ASIA

बंगलादेशमा रहेका रोहिंग्या शरणार्थीलाई टापुमा सारिदै

मंसिर १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बंगलादेशले बिहीबारदेखि सयौं रोहिंग्या शरणार्थीहरूलाई चक्रवात र बाढीको खतरा भएको इलाकाको तल्लो टापुमा सार्न शुरू गरेको अधिकार समूहहरूले बताएका छन् । 

Muktinath Bank

अधिकारवादी समूहहरूका अनुसार आफूहरूलाई असुरक्षित स्थलतर्फ सार्न लागेको भन्दै मानिसहरूलाई त्यहाँबाट भाग्न बाध्य भएको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करीव १० लाख रोहिंग्यामध्ये अधिकांश २०१७ मा छिमेकी म्यानमारमा सैन्य आक्रमण भएपछि विस्थापित भई बङ्गलादेशको दक्षिणी क्षेत्रमा रहेका अव्यवस्थित शिविरहरूको विशाल नेटवर्कमा बस्दै आएका छन् ।


Advertisment
Nabil box
Kumari

शरणार्थीमध्ये धेरैले म्यानमारमा आफूहरूको असुरक्षा भएको भन्दै फिर्ता हुन अस्वीकार गरेका थिए । 

तर बङ्गलादेशले उनीहरूमध्ये धेरै हिंसात्मक लागु औषध कारोबारको गिरोह रसक्रिय चरमपन्थीको साथमा सम्लग्न रहेको हुनसक्ने भन्दै उनीहरूलाई फिर्ता गर्न वा आफ्नो वस्तीहरूबाट टाढा पठाउन खोज्दै आएको छ ।

Vianet communication
Laxmi Bank

यसैकारण सरकारले शिविरहरू हटाउन हतार गरेको देखिन्छ । क्षेत्रीय प्रहरी प्रमुख अनवर हुसैनले एएफपीसँग शरणार्थीलाई सारिएकोबारे पुष्टि गर्दै भने, ‘बिहीबार २० वटा बसमा दुई पटक लगि करिब एक हजारभन्दा बढी शरणार्थीलाई कोक्स बजारबाट बन्दरगाह शहर चटगाउ आसपासका स्थानका शिविरमा सारिएको हो ।’ 

चटगाउँबाट शरणार्थीहरूलाई बङ्गलादेशको नौसैनिकको पानीजहाजबाट भसन चार टापुमा लग्न लागिएको अधिकारीहरूले बताए । बंगालको खाडी नजिकै रहेको ५२ वर्गकिलोमिटर खाली जमिनमा शिविर बनाई सरकारको पहलमा सेनाले उनीहरूलाई त्यहाँ राख्न लागेको हो । 

उक्त स्थानमा करिब एक लाख शरणार्थी राख्न सकिने गरी शिविरहरू बनाइएको छ । तर बङ्गालको खाडीबाट नजिक रहेको स्थान कोक्स बजारभन्दा निकै गहिराईमा रहेको र यहाँ केही वर्ष पहिले ठूला सामुद्रिक छाल आई करिब चारदेखि पाँच मिटर पानी भरिएको स्थानीयलाई उद्धृत गर्दै अधिकारवादी समूहहरूले उल्लेख गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x