×

NMB BANK
NIC ASIA

विकास निर्माणमा राजनीति हैन, प्रतिस्पर्धा गरौं : रामचन्द्र पौडेल

मंसिर १८, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासनिर्माणका काममा अनावश्यक राजनीति नगरी प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामाथि निर्माण भएको पक्की पुलको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले  विकासनिर्माणका लागि काङ्ग्रेस सत्तामा नभए पनि प्रतिबद्ध रहेको जनाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि सङ्घर्ष गर्नुपर्नेमा पनि जोड दिए  । 


Advertisment
Nabil box
Kumari

काङ्ग्रेस र देशका लागि तनहुँले सधैँ वैचारिक नेतृत्व गरेकाले अझै पनि त्यसका लागि तनहुँ सक्षम रहेको पौडेलको भनाइ थियो । बुधबार पुलको उद्घाटन गर्न जाने क्रममा प्रहरीले दमन गरेको आरोप पनि उनले लगाए ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले गत निर्वाचनमा भएको हारको समीक्षा गर्दै आफूलाई सच्याएर अबको चुनावका लागि तयारी गर्नुपर्नेमा जोड दिए ।

पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीलाई एक ढिक्का बनाउनु अहिलेको आवश्यकता रहेको बताए ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालमा अझै पनि राजनीतिक संस्कारको विकास हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले, गण्डकी प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपाली, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायतले विकासका विषयमा काङ्ग्रेस प्रतिबद्ध रहेको जनाए ।

विसं २०७३ वैशाखमा शुरु भएको ४५ मिटर लामो पुल  २०७५ कात्तिक ९ गते निर्माण सम्पन्न भएको हो ।

तत्कालीन जिल्ला विकास समितिमार्फत रु दुई करोड ५४ लाखमा निर्माण  भएको पुलले रानीगाउँ, डिहीगाउँ, शेवर, दुम्सीचौर, दुम्सीकोट, निर्बु, बराहखोला, अँधेरीभञ्ज्याङ, पोखरेलफाँटलगायतका बासिन्दालाई प्रत्यक्ष फाइदा पुगेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर अधिकारीले जानकारी दिए ।

विगतमा पुल अभावमा कजवेबाट आवतजावत गर्नुपर्दा वर्षायाममा निकै सास्ती हुने गरेको स्मरण गर्दै अधिकारीले पुल निर्माणपछि सर्वसाधारणलाई राहत मिलेको बताए।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x