×

NMB BANK
NIC ASIA

सिलगुडी–चारआली पाइपलाइन परियोजना कार्यान्वयनमा संसदीय समितिको चासो

मंसिर १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

संसदीय टोलीले अन्तरदेशीय पेट्रोलियम पाइपलाइन (सिलिगुडी–चारआली) तथा प्रदेश नं १ मा भण्डारण क्षमता विस्तारलगायत परियोजना कार्यान्वयका बारेमा जानकारी लिएको छ ।

Muktinath Bank

सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल श्रीवास्तवसहितको टोलीले आज नेपाल आयल निगमले उच्च प्राथमिकता साथ कार्यान्वयनमा ल्याएका ती परियोजना कार्यान्वयनमा भएका प्रारम्भिक कामका विषयमा चासो व्यक्त गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिलगुडी–झापा क्रसबोर्डर पेट्रोलियम पाइपलाइन परियोजना गौरवको आयोजना भएकाले तोकिएको समयमै सम्पन्न गर्न आफूहरुले निर्देशन दिएको समितिका सभापति श्रीवास्तवले जानकारी दिए । “हामीले उक्त परियोजनाका प्राविधिक पक्षबारे जानकारी लियौँ”, उनले भने, “कमभन्दा कम क्षतिमा परियोजना निर्माण अगाडि बढाउन निर्देशन दिएका छौँ ।” 


Advertisment
Nabil box
Kumari

संसदीय टोलीलाई भारतीय आयल कर्पोरेशन र नेपाल आयल कर्पोरेसनका प्राविधिकले संयुक्त परियोजनाका बारेमा जानकारी दिएका थिए ।

Vianet communication
Laxmi Bank

प्राविधिक टोलीले सिलगुडीबाट झापासम्म पाइपलाइन निर्माण गर्न तीन वटा सम्भावित मार्गबारे अध्ययन गरेको थियो । 

क्रसबोर्डर पेट्रोलियम पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्र्याउने तथा कम्तीमा तीन महिनाको माग धान्ने गरी पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने सरकारको योजनालाई मूर्तरूप दिन पछिल्लो समय निगम लागिपरेको छ ।

सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन परियोजना तथा एलपीजी भण्डारणका साथै बोटलिङ प्लान्ट निर्माण तथा प्रदेश नं १ को मागलाई पूर्ति गर्न ९० दिनको भण्डारण क्षमता विस्तार गर्ने परियोजनालाई निगमले उच्च प्राथमिकतामा राखेको छ । 

नेपाल आयल निगमको झापामा रहेको जग्गामा ४० हजार किलोलिटर क्षमताको भण्डारण र सिलिगुडीबाट झापा पेट्रोलियम पाइपलाइन जोड्ने परियोजनाको खाका तयार भइसकेको छ ।

निगम तथा भारतीय आयल कर्पोरेसनबाट संयुक्त रूपमा पाइपलाइन सर्भे गर्ने काम सम्पन्न भइसकेको छ । संयुक्त सर्भे टोलीले पहिचान गरेका स्टकमध्ये उपयुक्त रुटको एकीन गर्ने कार्य निगमको प्राविधिक टोलीले सम्पन्न गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रममा दुई वटा पेट्रोलियम पाइपलाइन परियोजना अगाडि बढाउने उल्लेख छ । मोतिहारी–अमलेखगण्ज क्रसबोर्डर पेट्रोलियम पाइपलाई विस्तार गरेर चितवनको लोथरसम्म लैजाने सरकारको योजना छ । त्यसैगरी भारतको सिलिगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया अगाडि बढाइने नीति कार्यक्रममा समेटिएको छ । 
        
यस्तै चारआलीमा निर्माण हुने करिब चार हजार मेट्रिक टनको एलपी ग्यास भण्डारण तथा एलपी ग्यास बोटलिङ प्लाण्ट निर्माण गर्न अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त भइसकेको छ ।

परामर्शदाताले निर्माण कार्य शुरु गरिसकेको छ । निगमले भद्रपुर विमानस्थलमा साना एभिएसन परियोजनाअन्तर्गत अत्याधुनिक प्रविधियुक्त ६० हजार लिटर क्षमताका दुई भण्डारणयुक्त ट्याङ्कमार्फत रिफ्युलिङ गर्ने पद्धतिको निर्माण कार्य शुरु गरिसकेको छ ।

उक्त विमानस्थलमा रिफ्युलिङ सेवा वैज्ञानिक र प्रभावकारी नहुँदा समस्या देखिएको थियो । संसदीय टोलीमा समितिका सदस्य भीमसेनदास प्रधान, मायादेवी न्यौपाने र अमृतादेवी अग्रहरी सहभागी थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x