×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभा अध्यक्षद्वारा रामग्राम स्तूप र पण्डितपुर क्षेत्रको अवलोकन

मंसिर १८, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुद्धस्थलहरु प्राचीन रामग्राम स्तूप र पण्डितपुरको अवलोकन भ्रमण गरेका छन् ।

Muktinath Bank

अध्यक्ष तिमिल्सिनाले नवलपरासी(बर्दघाट सुस्तापश्चिम)को रामग्राम नगरपालिका–७ मा अवस्थित स्तूप र रामग्राम–१८ मा अवस्थित पण्डितपुर क्षेत्रको आज स्थलगत अवलोकन गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रामग्राम स्तूप गौतम बुद्धको उत्खनन नगरिएको सिङ्गो अस्तुधातु रहेको एक मात्र स्थल हो । पण्डितपुर प्राचीन कोलीय गणराज्यको राजधानी एवं बुद्धको सम्भाव्य मावली स्थलका रुपमा चिनिन्छ । दुवै पुरातात्विकस्थल महत्वपूर्ण क्षेत्र भएर पनि विकासमा पछि परेको जनाउँदै अध्यक्ष तिमिल्सिनाले यस क्षेत्रको विकासमा विशेष चासो राख्दै आएका छन् ।


Advertisment
Nabil box
Kumari

उक्त अवसरमा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले दुवै पुरातात्विक क्षेत्रको अवस्था र विकासका लागि भइरहेका पहलका बारेमा जानकारी गराएका थिए । लुम्बिनी विकास कोषका अनुसार शाक्यमुनि बुद्धको महापरिनिर्वाणपछि तत्कालीन आठ गणराज्यले आआफ्नो भागमा पाएका अस्तुधातुमध्ये कोलीय गणराज्यले आफ्नो भागमा पाएको अस्तुधातु राखी रामग्राममा स्तूप निर्माण गरेको हो । 

Vianet communication
Laxmi Bank

सम्राट् अशोकले इसापूर्व २४९ मा लुम्बिनीलगायत बुद्धस्थलको भ्रमण गरी आठ राज्यले बुद्धको अस्तुधातु राखी बनाएका स्तूप उत्खनन गरेर त्यसलाई विभाजन गरी ८४ हजार ससाना स्तूप बनाउने क्रममा रामग्राममा आउँदा यहाँका नागराजाले रोकेर अस्तुधातु उत्खनन गर्न नदिएकाले रामग्राममा अवस्थित स्तूप मात्र पवित्र मानिन्छ ।

इतिहासविद् डा. डब्लु होईद्वारा सन् १८९९ मा रामग्राम स्तूप पत्ता लगाइएको हो । स्तूप क्षेत्रको संरक्षण तथा विकासको जिम्मेवारी लुम्बिनी विकास कोषको रहेको छ ।

पुरातत्त्व विभागका अनुसार पण्डितपुर क्षेत्र पनि नेपालकै महत्वपूर्ण पुरातात्विक क्षेत्र हो । रामग्राम स्तूपदेखि नौ किलोमिटर उत्तरपश्चिममा रहेको सो स्थलमा सन् २००२ मा विभागका पुरातत्त्वविद् शुक्रसागर श्रेष्ठले गरेको प्रारम्भिक उत्खननको अनुसरण गर्दै विभागका पुरातत्त्वविद्ले सन् २०१२ देखि २०१५ सम्म सो क्षेत्रको थप उत्खनन गरेका थिए । 

उत्खननका क्रममा प्राप्त सांस्कृतिक तह, प्राचीन संरचना र महत्वपूर्ण पुरातात्विक वस्तुको प्राप्तिले सो ठाउँ लुम्बिनी र कपिलवस्तुको समकालीन भएको पुष्टि गरेको थियो । करीब ६० विघा क्षेत्रफलमा फैलिएको पण्डितपुरलाई उत्खननमा संलग्न पुरातत्वविद्ले प्राचीन कोलीय गणराज्यको राजधानी भएको सङ्केत गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x