×

NMB BANK
NIC ASIA

निजी क्षेत्रको एकता आजको आवश्यकता : गोल्छा

मंसिर १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रहरू एकताबद्ध भई उद्योग व्यवसायको प्रवद्र्धन र विकासमा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्  ।

Muktinath Bank

महासंघका नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूलाई नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बिहीवार बोल्दै उनले यस्तो बताएका हुन्  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका र योगदानको उजागर गर्दै निजी क्षेत्रका समस्याहरु उस्तै प्रकारका भए पनि कतिपय अवस्थामा उद्योगको वर्गिकरण र क्षमताका आधारमा समस्याहरु फरक पर्ने भएकोले एकताबद्ध भई उद्योग व्यवसायको प्रवद्र्धन र विकासमा सहकार्य नै पहिलो प्राथमिकतामा रहेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

विगतमा पनि परिसंघसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै निजी क्षेत्रको सामूहिक भिजन आजको आवश्यकता रहेको र त्यसलाई मूर्तरुप प्रदान गर्न निजी क्षेत्र एक भएर अगाडी बढ्नु पर्ने उनले बताए । 

Vianet communication
Laxmi Bank

आर्थिक पुनर्उत्थान तथा औद्योगिक विकासको साझा एजेण्डामा परिसंघ र महासंघ मिलेर काम गर्ने उनले बताए । निजी क्षेत्रका संस्थाहरु प्रतिस्पर्धीभन्दा साझेदारको रुपमा भएकाले निजी क्षेत्रबाटै समृद्धि सम्भव छ भन्ने महशुस गराउन सहकार्यलाई थप विस्तार र सुदृढ गर्दै जाने बताए ।

कार्यक्रममा महासंघका पदाधिकारीहरूलाई परिसंघका पदाधिकारीहरुले बधाई तथा शुभकामना प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रका दुई सशक्त संस्थाहरु बीच विगतदेखि नै विभिन्न आयामबाट सहकार्य रहँदै आएको स्पष्ट पार्दै नयाँ कार्यसमितिसँग महासंघसँगको सहकार्यलाई थप सुदृढ र मजबुत बनाउन आजको आवश्यकता रहेको बताए ।

अध्यक्ष मोरले निजी क्षेत्रले भोग्दै आएका समस्या तथा समग्र आर्थिक नीतिहरूमा देखिने अस्पष्टता हटाउन हाम्रा प्रयासहरूलाई एकताबद्ध रुपमा संयोजन गर्न सकियो भने निजी क्षेत्रको विकास तथा दिगो औद्योगिक विकासको माध्यमबाट आर्थिक वृद्धिदर बढाउन योगदान पुग्ने उल्लेख गरे ।

कार्यक्रममा परिसंघ र महासंघका पदाधिकारीहरुले उच्च आर्थिक वृद्धि, रोजगारी विस्तार, निर्यात बढाउने तथा व्यापार घाटा कम गर्ने लगायत निजी क्षेत्रको विकास तथा सम्मान बढाउने एजेण्डामा आपसी सहकार्यले परिणाम दिन सक्ने भएकाले त्यसतर्फ सहकार्य बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । 

कार्यक्रममा परिसंघको तर्फबाट परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल सहित उपाध्यक्षहरु सुलभ अग्रवाल, कृष्णप्रसाद अधिकारी, राजेश अग्रवाल र विरेन्द्रराज पाण्डेको उपस्थिति थियो भने महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी भएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x