कोभिड– १९ को असर कायम रहँदासम्म नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई थप लचिलो बनाउने भएको छ ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आज आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् । “कोभिडको असर रहँदासम्म मौद्रिक उपकरण तथा नीति लचिलो नै हुन्छ,” उनले बताए ।
उनले सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य तथा समग्र अर्थतन्त्रको अवस्थालाई हेरेर लचिलो नीति नै रहने जानकारी दिए ।
उनले बैंक तथा वित्तीय संस्थामा तरलता राम्रो तथा लगानीकर्ताको मनोबल पनि बढ्दै गएको उल्लेख गरे ।
लोकान्तर संवाददाता