×

NMB BANK
NIC ASIA

नेकपा विवादमा शीतलनिवासको चासो

शीतलनिवासमा राष्ट्रपति र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

मंसिर १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद बढिरहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकारी अध्यक्ष प्रचण्डलाई शीतलनिवास बोलाएर छलफल गरेकी छिन् । नेकपा विवादमा राष्ट्रपतिले चासो राख्दै आएकी छिन् भने यसअघि पनि पटक पटक उनले नेताहरुलाई बोलाएर विवाद मिलाउन पहलकदमी लिँदै लिएकी थिइन् ।

Sagarmatha Cement
Muktinath Bank

आजको भेटवार्ता पनि विवाद समाधानको प्रयासस्वरुप भएको बताइएको छ । प्रचण्ड राष्ट्रपतिलाई भेट्न बिहीबार साँझ शीतलनिवास पुगेका थिए भने करिब एक घण्टा शीतलनिवासमा बिताएर खुमलटार फर्किएका छन् । पार्टी विवादकै विषयमा छलफल भएको बताइएपनि कुराकानीको थप विषय खुलिसकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजै अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रपति भण्डारीलाई भेट गरेका थिए । नेकपाभित्रको विवादका कारण सचिवालय  र स्थायी समिति बैठक समेत प्रभावित बन्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

गत कात्तिक २८ गतेको सचिवालयमा प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै प्रस्ताव ल्याएपछि नेकपाभित्रको विवादले उग्र रुप लिएको थियो । त्यसपछि ओलीले मंसिर १३ मा प्रचण्डको काउण्टरमा प्रस्ताव ल्याएका थिए भने पार्टीभित्र अहिले पनि आरोप प्रत्यारोपको श्रृङ्खला जारी छ । विवादकै कारण बुधबारको सचिवालय बैठकमा ओली सहभागी भएनन् भने सचिवालय शनिबारसम्मका लागि सारिएको छ ।

Vianet communication
Laxmi Bank

ओलीले प्रचण्डको प्रस्तावलाई आरोप पत्रको संज्ञा दिँदै त्यो फिर्ता नभएसम्म बैठक अघि बढ्न नसक्ने बताउँदै आएका छन् भने प्रचण्डसहितका इतर समूहका नेताहरुले भने ओली बैठकबाट भाग्न खोजेको टिप्पणी गर्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x