सुदूरपश्चिममा थप १९५ जनामा सङ्क्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा पछिल्लो दुई दिनमा कोभिड–१९ का शङ्कास्पद ६५४ जनाको नमूना परीक्षण गरिँदा १९५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

 सङ्क्रमित हुनेमा कैलाली, कञ्चनपुर, अछाम, बैतडी, बझाङ ,डडेलधुरा, दार्चुला, र डोटी जिल्लाका छन् । दुई दिनमा विभिन्न जिल्लाका शङ्कास्पद ८२५ जनाको नमूना सङ्कलन गरिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार दुई दिनयता थपिएका सङ्क्रमित आजसम्म प्रदेशमा कूल सङ्क्रमित ११ हजार ४७२ पुगेका छन् । हालसम्म उपचार व्यवस्थापनपछि नौ हजार ६११ जना डिस्चार्ज हुनुभएको छ । अहिले सम्म ३९ जना सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमित भई होम आइसोलेशनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन ।


Advertisement

सेती प्रादेशिक अस्पताल धनगढी, कोभिड–१९उपचार विभागका प्रमुख डा शेरबहादुर कमरले कोरोना भाइरसको सङ्क्रमण हुने दरमा कमी नआएको बताए ।

 सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सात जनाको सघन उपचार कक्षमा र दुई जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्