×

NMB BANK
NIC ASIA

कोरोना असर रहेसम्म मौद्रिक नीति खुकुलो, अन्तर बैंक एटीएम अब निशुल्क नहुने

मंसिर १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको असर अझै पनि रहेको हुँदा राष्ट्र बैंकले भविष्यमा मौद्रिक उपकरण र नीतिहरु खुकुलो गर्ने घोषणा गरेका छन्।

Muktinath Bank

गभर्नर अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पत्रकार सम्मेलनको क्रममा सहज नीति ल्याउने बताएका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्जाको ब्याजदर गत वर्षको तुलनामा व्यवसायीकहरुको मनोबल बढेको तर निक्षेपको ब्याजदर घट्दा त्यसले ल्याउने समस्या सावधानमा राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामा गर्नेे उनले बताए ।


Advertisment
Nabil box
Kumari

गभर्नर अधिकारीले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा ब्याजदरलाई निश्चित सीमामा राख्ने, विषेश गरी निक्षेपकर्ताहरुको ब्याजदर सीमाभन्दा तल नझरोस् भन्ने उदेश्य सहित मौद्रिक नीति समीक्षाको कार्यदिशा तय भएको बताए ।

Vianet communication
Laxmi Bank

‘तय भएका कार्यदिशामा अर्थतन्त्रको अहिलेको अवस्थालाई दृष्टिगत गरेर मौद्रिक विस्तारमा मुल्य र वाह्य क्षेत्रको स्थायित्वमा थप दवाब सिर्जना हुन नदिने तथा आन्तरिक उत्पालनलाई वृद्धि,उद्ययमशिलको विकासमा सहयोग गर्ने, रोजगारी बढाउने बैंक वित्त संस्थामा रहेको स्रोतको उपलबद्धतालाई सहजिकरण गर्न मौद्रिक नीतिले तय गरेको विषयलाई निरन्तरता र आर्थिक वृद्धिमा सहयोग गर्ने नै पहिलो त्रैमासको मूल्यांकनमा समीक्षा भएको छ ।’

वित्तीय सहजिकरणका लागि राष्ट्र बैंकले हालसम्म अपनाएका नियामकिय उपयहरु अपनाएको र वित्तीय स्थायित्वमा जोखिम आउन नदिन थप सजक, सर्तक र राष्ट्र बैंकको सुपरिवेक्षण र नियामकिय भूमिकालाई थप सशक्त बनाउने उनले बताए ।

 हालसम्म निःशुल्क रहेको अन्तर बैंक एटीएमकारोबारमा अब शुल्क तोकिने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै उक्त व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले समीक्षा सार्वजनिक गदै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतिय भुक्तानी विद्युतीय भुक्तानी सेवा प्रदान गरेवापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने बताए ।

हाल नीतिगत व्यवस्था गरेको र शुल्क निर्धारण भने सम्बन्धित विभागले कार्यविधि बनाएर लागू गर्ने उनले बताए ।

यसैगरी, राष्ट्र बैंकले सेयर धितो कर्जामा समेत पुनर विचार गर्ने भएको छ । व्यक्तिगत अधिविकर्ष कर्जा, शेयरधितो कर्जा तथा रियलस्टेट कर्जा सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने जारी मौद्रिक नीतिको समक्षिामा उल्लेख गरिएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाबाट विदेशी मुद्रामा ऋण स्वदेशी मुद्रामा तिर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

कोभिड १९ को कारण प्रभावित हुन गई विदेशी मुद्रामा साँवा तथा ब्याज भुक्तानीमा पर्न गएको असहज परिस्थितिलाई सहज बनाउदै केन्द्रि बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा ऋणको किस्ता नेपाली मुद्रामा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x