×

NMB BANK
NIC ASIA

गर्भ बोकेर न्याय खोज्दै बलात्कृत किशोरी

मंसिर १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

निहुरो (तरकारी) खोज्न वनमा गएकी १४ वर्षीया किशोरी गत वैशाख ११ गते ६० वर्षीय वृद्धबाट बलात्कृत भइन् ।

Muktinath Bank

बलात्कारीले विभिन्न प्रलोभनमा पारे । घटनाबारे कसैलाई नभन्न धम्की दिए । ६ महिनासम्म घटना गुपचुप रह्यो । बालिकाको पेटमा सात महिनाको गर्भ छ । मुलुकमा अहिले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान जारी
रहेका बेला पीडित परिवार भने न्याय खोज्दै भौंतारिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सात कक्षा पढ्दै गरेकी छोरी गर्भवती रहेको थाहा पाएका परिवारका सदस्य बेचैन छन् । घटनाको ६ महिनापछि गत कात्तिक २४ मा बालिकाका आफन्तले जिल्ला प्रहरीमा जबर्जस्ती करणीविरुद्ध कारबाही माग गर्दै उजुरी दर्ता गराएका थिए । घटना सार्वजनिक भएलगत्तै आरोपित फरार छन् । उनी गोरखा नगरपालिका–८ का हुन् । उजुरी दर्ता भएको एक महिना बित्न लाग्दासम्म आरोपितलाई पक्राउ परेका छैनन् । पीडित परिवार भने न्याय माग्दै प्रहरी कार्यालय धाउन छाडेको छैन ।


Advertisment
Nabil box
Kumari

‘नानी वनमा निहुरो टिप्न गएका बेला मुख समातेर गोठमा लगेछ, जबर्जस्ती बलात्कार गरेको कुरा ६ महिनापछि मात्र हामीलाई भनिन्,’ पीडितका बाबुले भने, ‘नानी त्यही बलात्कार गरेको मान्छेको घर हुँदै स्कुल जाने हो, कसैलाई भन्यो भने जे पनि हुन सक्छ भनेर धम्की दिएको रहेछ ।’ डेढ दशकदेखि गोरखा आएर बसेका पीडित परिवार छोरीमाथि भएको घटना खुलेपछि चिन्तित छन् । ‘कोरोनापछि लकडाउन भयो, स्कुल बिदा भयो, बच्चाहरू केही समय गाउँ पठाएँ, दसैंपछि मात्र आएका हुन्,’ किशोरीका पिताले भने, ‘कात्तिक १७ गते छोरीले पेट दुख्यो भनी, जँचाउन अस्पताल लगेको, डाक्टरले भिडियो एक्सरे गर्नुपर्छ भन्नुभयो, भिडियो एक्सरेको रिपोर्टमा बच्चा भएको थाहा पाएपछि अचम्ममा पर्‍यौं ।’

Vianet communication
Laxmi Bank

आरोपितका तर्फबाट विभिन्न प्रलोभन देखाएर घटना गुपचुपमै मिलाउन दबाबसमेत दिइएको थियो । ‘कानुनमा जे हुन्छ, त्यही गर्छौं भनेर प्रहरीकामा आएका हौं,’ उनले भने । २८ सातासम्मको गर्भपतन गर्न मिल्ने चिकित्सक बताउँछन् । बालिकाको गर्भ ३१ औँ सातामा पुगेको छ । ‘अब बच्चा जन्माउनैपर्छ भनेका छन्,’ बाबुले भने, ‘आज (बिहीबार) पोखराको एउटा सेफ हाउसमा नानी छाडेर आएको छु ।’ यति समय बित्दासम्म प्रहरीले पीडकलाई पक्राउ गर्न नसकेको भन्दै उनले चिन्ता जनाए । ‘एक महिना हुन लाग्यो, त्यो मान्छे पक्राउ परेन,’ उनले भने, ‘हामी सामान्य पेसा गरिखाने मान्छे, न्यायका लागि कहाँ कहाँ भन्नुपर्छ भन्ने थाहा छैन । मान्छे समातेर कारबाही गर्ने अनि गल्ती गरेको क्षतिपूर्ति दिए न्याय पाउँथ्यौं ।’

आरोपितको खोजी जारी रहेको गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए । ‘हाम्रै समन्वयमा किशोरीलाई सुरक्षित प्रसूतिका लागि पोखराको आवधिकगृह पठाएका छौं,’ उनले भने, ‘मुद्दा दर्ता भइसकेपछि कानुनी प्रक्रिया अघि बढिसक्यो । फरारको हुलियासहित हाम्रा युनिटहरूमा खबर गरिसक्यौं ।’

पछिल्लो समय गोरखामा बालिका बलात्कार घटना बढेका छन् । चालु आर्थिक वर्षको चार महिनामा मात्र जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग र बाल यौन दुरुपयोगका १४ उजुरी दर्ता भएका छन् । १४ मध्ये १० बालिकासँग सम्बन्धित छन् । ‘यस्ता प्रत्येक मुद्दामा अनुसन्धान र कारबाही प्रक्रिया अघि बढिसकेको छ,’ गुरुङले भने, ‘धेरैजसो घटना छरछिमेकी र चिनेजानेकाबाटै भएको छ ।’ उमेर नपुगेका बालकले बालिकालाई बलात्कार गरेका घटना पनि दर्ता भएका छन् । कान्तिपुर दैनिकमा हरिराम उप्रेतीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x