×

NMB BANK
NIC ASIA

'नेपाल–भारतका समस्या समझदारीमै सम्बोधन’

मंसिर १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मन्त्रीस्तरीय संयुक्त आयोग बैठकका लागि भारत भ्रमणको तयारी भइरहेका बेला भारतीय समकक्षी एस जयशंकरले विगतमा नेपालसँग केही समस्या भए पनि दुवै देशले आपसी समझदारीबाट समस्यालाई सम्बोधन गर्दै अघि बढ्ने निर्णय भइसकेको बताएका छन् ।

Muktinath Bank

‘कुनै बेला हामीबीचमा केही समस्या थियो तर पछिल्ला केही सातामा भारत र नेपालले ती समस्यालाई सम्बोधन गर्दै अगाडि बढिसकेको प्रस्ट देख्न सकिन्छ र त्यो आपसी समझदारीमै भइरहेको छ,’ भारतीय अंग्रेजी दैनिक द हिन्दुसँगको अन्तर्वार्तामा भारतीय विदेशमन्त्री जयशंकरले भनेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले गत ११ मंसिरमा नेपाल आएका बेला जयशंकरका तर्फबाट मन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका थिए । भ्रमणको मिति भने तय हुन सकेको छैन । भारतको राजधानी नयाँदिल्लीमा बस्ने आयोगको बैठकमा नेपालले कालपानीलगायत सीमा विवादलाई उठाउने अनुमान गरिएको छ ।


Advertisment
Nabil box
Kumari

गत वर्ष कात्तिकमा भारतले नेपालको लिपुलेकसम्मकै क्षेत्र समेटेर नयाँ राजनीतिक नक्सा प्रकाशन गरेपछि दुई देशबीचको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको छ । नेपालले पनि गत जेठमा लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा प्रकाशन गरेको थियो । त्यसपछि दुई देशबीच उच्च राजनीतिक तहको संवाद शून्यप्रायः बनेको थियो ।

Vianet communication
Laxmi Bank

नक्सा विवादका कारण संवादहीनता कायम रहेकै अवस्थामा डेढ महिनाअघि भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका थिए । त्यसलगत्तै भारतीय स्थलसेना प्रमुख जयमुकुन्द नरवणे र भारतीय विदेश सचिव श्रृंगला काठमाडौं ओर्लेका थिए ।

भारतीय उच्च अधिकारीहरूबाट भएका तारन्तार भएका यी भ्रमणलाई संवादहीनता तोड्ने प्रयासका रूपमा अर्थ्याइएको छ । विशेषगरी दुई देशबीचको संवादहीनताको फाइदा उठाउँदै उत्तरी छिमेकी चीनले नेपालमा आफ्नो प्रभाव बढाउँदै लगेको निष्कर्षसहित काठमाडौंलाई ‘इन्गेज’ राखिराख्ने रणनीतिअन्तर्गत भारतका तर्फबाट उच्च अधिकारीहरूको नेपाल भ्रमण भएको दाबी गरिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीलाई दिइएको भारत भ्रमणको निम्तोलाई पनि त्यही कडीका रूपमा हेरिएको छ । जयशंकरको पछिल्लो अभिव्यक्तिले पनि दिल्लीको काठमाडौंसँगको सम्बन्ध ‘सुधार’ गर्ने भारतको पछिल्लो रणनीतिकै संकेतका रूपमा बुझ्न सकिन्छ ।

भारतीय विदेशमन्त्री जयशंकरले भने निकट छिमेकीहरूबीच समस्या (विवाद) हुनु सामान्य रहेको समेत उल्लेख गरेका छन् । ‘कुनै दुई छिमेकी भन्नुस्, जसका बीचमा समस्या नभएको होस्,’ उनले भनेका छन् । उनले दुई देशबीच एक वर्षदेखि कायम नक्सा विवादलाई घरेलु राजनीतिको नतिजाका रूपमा समेत संकेत गरेका छन् । उनले अधिकांश छिमेकीहरूमा लोकतान्त्रिक व्यवस्था रहेकाले सबैले आ–आफ्नो हिसाबले राजनीति गर्ने गरेका कारणसमेत विवाद देखिने गरेको उनको भनाइ छ । ‘उनीहरूको आफ्नो राजनीति छ । हाम्रो आफ्नै राजनीति छ । विवाद त भइहाल्छ । मुख्य कुरा विवादलाई कसरी व्यवस्थापन गर्छौैं भन्ने हो । प्रमुख प्रश्न समस्या समाधानका लागि साझा बिन्दु कसरी पहिल्याउने भन्ने हो ?’ जयशंकरले अन्तर्वार्तामा भनेका छन् । छिमेकसँगको सम्बन्धमा पछिल्ला वर्षहरूमा व्यापक बदलाव आएको समेत उनले दाबी गरेका छन् ।

भारतले नेपालको संविधानप्रति जनाएको असन्तुष्टिसम्बन्धी प्रसंगमा जयशंकरले अन्तर्वार्तामा कुनै एउटा घटना विशेषका आधारमा दुई देशबीचको सम्बन्धबारे निष्कर्षमा पुग्न नहुने बताएका छन् । नेपालको संविधान जारी गर्दा आफ्ना चासोहरूलाई बेवास्ता गरेको भन्दै भारतले विरोध जनाएको थियो । संविधानमा आफ्नो सुझाव समेट्नका लागि दबाब दिन त्यतिबेला विदेश सचिव रहेका जयशंकर आफैं काठमाडौं ओर्लेका थिए । तर नेपालका प्रमुख राजनीतिक दलहरूले भारतको दबाबलाई अस्वीकार गरे । त्यसबाट आक्रोशित भारतले नेपालमाथि करिब ५ महिना अघोषित नाकाबन्दी नै लगाएको थियो । उक्त नाकाबन्दीका कारण नेपालमा भारतविरोधी भावना थप चर्किन पुग्यो । नाकाबन्दीले दुई देशबीचको अविश्वास र असमझदारीलाई उत्कर्षमा पुर्‍याएको थियो ।

उच्चस्तरीय राजनीतिक भ्रमणले सम्बन्ध सुधारोन्मुख बनिरहेका बेला भारतले एकतर्फी रूपमा नयाँ राजनीतिक नक्सा प्रकाशन गरेपछि अविश्वास र असमझदारी पुनः बल्झियो । तर नयाँदिल्ली र काठमाडौं सम्बन्धलाई सुमधुर बनाउन प्रयासरत रहेको पछिल्ला घटनाक्रमले देखाउँछन् । कोरोना महामारी र दुई देशबीचको संवादहीनताका कारण विगत एक वर्षदेखि अवरुद्ध नेपाल र भारतबीचका विभिन्न संयन्त्रहरूको बैठकहरू पनि हुन थालेका छन् । बिहीबार मात्र दुई देशबीचको व्यापार–पारवाहनसम्बन्धी अन्तरसरकारी उपसमितिको दुईदिने बैठक सुरु भएको छ । सचिवस्तरको यस बैठकले द्विपक्षीय व्यापार र आर्थिक सम्बन्धलाई समीक्षा गर्नेछ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x