×

NMB BANK
NIC ASIA

टसमस भएनन् ओली–प्रचण्ड

मंसिर १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारुढ दल नेकपामा चुलिएको अन्तरकलह जहाँको त्यहीँ छ। नेताहरूले विवाद मिलाउने मेलोमेसो नपाइरहे पनि बालुवाटार र खुमलटारमा भेटघाट जारी छन्। दुवै पक्षका नेताबीच ओहोरदोहोर सुरु भएको छ।

Muktinath Bank

दुई अध्यक्षबीच कात्तिक २५ गतेयता पार्टी बैठकबाहेक भेटघाट ठप्प छ। तर, विवाद समाधानको सूत्र खोजी गर्न दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'लाई नेताहरूले घचघच्याइरहेका छन्। सचिवालयमा एकअर्काविरुद्ध लिखित प्रस्ताव ल्याएर सिँगौरी खेलिरहेका ओली र दाहालले बिहीबार एकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै ‘अर्थपूर्ण’ भेटघाट गरेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेताहरूले २० मंसिरसम्म सचिवालय बैठक रोकेर आ–आफ्ना तयारीसहित अनौपचारिक संवादमा जुटेका छन्। दुवै पक्ष भने टसमस देखिएका छैनन्। ओली सचिवालय बैठकमा जान छाडेका छन् भने दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बहुमत/अल्पमतबाटै पार्टीलाई एउटा प्रक्रियामा लैजानुपर्ने बताइरहेका छन्। दोस्रो तहका नेताहरू असारमा स्थायी समिति बैठकमा देखिएको विवाद मिलाउन हस्तक्षेपकारी भूमिकामा थिए। परिणामस्वरूप दुवै अध्यक्षसहित शीर्ष नेता पार्टी विवाद मिलाउन कार्यदलमार्फत एउटा टोस प्रस्ताव बनाउने र त्यसकै आधारमा अगाडि बढ्नेसम्मको समझदारीमा पुगेका थिए।


Advertisment
Nabil box
Kumari

तर, यसपटक उनीहरूको प्रयास कामयावी हुन सकिरहेको छैन। उनीहरूका दबाब अध्यक्षद्वयले स्विकारिरहेका छैनन्। यस्तो बेला राष्ट्रपति भण्डारीले आफ्नो तहबाट नेकपाभित्रको विवाद समाधान गर्न दुई अध्यक्षलाई मिलाउन सक्रियता देखाउन थालेको स्रोतको भनाइ छ।

Vianet communication
Laxmi Bank

भण्डारीसँग बिहीबार दिउँसो ओली र साँझ दाहालले गरेको भेटवार्ता मध्यस्थताको भूमिका निर्वाह गर्न रहेको बताइन्छ। राष्ट्रपतिले सोमबार उपप्रधानमन्त्री ईश्वर पोखरेल र मंगलबार कृषिमन्त्री घनश्याम भुसालसँग भेट गरेकी थिइन्। राष्ट्रपतिले कात्तिक १८ मा उपाध्यक्ष वामदेव गौतम र २० गते गृहमन्त्री रामबहादुर थापासँग पनि छलफल गरेकी थिइन्।
राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता नियमित भएको तर दाहालसँगको भेटवार्ता अध्यक्ष दाहालले चाहेर भएको शीतल निवास स्रोतले बताएको छ। तर, भेटमा भएका कुराकानीबारे भने खुल्न सकेको छैन।

राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्रीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग पनि भेट गरेका थिए। उता, दाहालले पनि महासचिव पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङलगायत नेताहरूसँग छलफल गरेका थिए।

ओलीसँग दाहालको प्रत्यक्ष संवाद हुन नसकिरहेका बेला पौडेल र नेम्बाङ बिहीबार खुमलटार पुगेका थिए। पौडेलले दुवै अध्यक्षले सचिवालयमा पेस गरेको प्रस्ताव थाती राखेर संयुक्त प्रस्ताव तयार पारेर जाने विषयमा दाहालसँग आग्रह गरेका थिए। दाहालले त्यसमा अरुचि देखाएको खुमलटारनिकट स्रोतले बताएको छ। त्यसमा दाहालले ओलीको प्रस्तावको जवाफसहित आफूले पूरक प्रस्ताव तयार पारिरहेको, आउने पार्टी बैठकमा छलफलका लागि राखेर जान चाहेको जवाफ दिएर फर्काएको स्रोतको भनाइ छ।

‘दुवै अध्यक्षहरू आफ्ना अडानमा टसमस देखिनुभएको छैन। तापनि पार्टी एकता जोगाउनुपर्ने पक्षमा भने दुवै अध्यक्ष हुनुहुन्छ’, स्थायी समिति सदस्य देवेन्द्र पौडेलले अन्नपूर्णसँग भने, ‘तर, मिलनबिन्दु के खोज्ने भन्नेमा मेसो फेला परेको छैन।’ पौडेलले बिहीबार दाहालसँग भेट गरेका थिए।

नेम्बाङले पनि पार्टी टुटफुट हुन दिनुहुँदैन भन्नेमा दुवै अध्यक्ष देखिए पनि सहमतिको सूत्र भने फेला परिनसकेको बताए। ‘अध्यक्ष प्रचण्डले आउनुहोस् छलफल गरौं भनेर बोलाउनुभएको थियो। म पुगेँ। तर उहासँग विशेष केही कुराकानी हुन पाएन। उहाँको राष्ट्रपतिसँग भेट्न जाने कार्यक्रम सेडुअल जुधेछ। एकछिन बसियो। म तपाईंलाई फेरि बोलाउँछु। अलिक लामो समय लिएर बस्नुपर्छ भन्नुभयो। सायद फेरि बोलाउनुहुन्छ कि’, नेम्बाङले अन्नपूर्ण पोस्ट्सँग भने, ‘अहिलेसम्म सहमतिका सन्दर्भमा केही जुटेको छैन। तर, उहाँले केही गर्नुपर्छ भन्ने छलफलमा मसँग भन्नुभएको छ। पार्टी टुटफुट हुन दिनु हुँदैन भन्ने कुरा उहाँले पनि भन्नुभएको छ। प्रधानमन्त्रीको पनि त्यही कुरा छ।’

दाहालले पार्टीभित्रको विवाद मिलाउन अब २६ भदौको सहमति पछि परिसकेको बताएका छन्। बिहीबार आफूलाई भेट्न आएका नेताहरूसँग दाहालले अब २६ भदौको सहमतिबाट मात्र सहमति नजुट्ने बताएका थिए। प्रधानमन्त्रीले सहमति तोडेको भन्दै उनले अब नयाँ शिराबाट सहमति खोजी गर्नुपर्ने बताएका थिए।

दाहालले अब पार्टी एकता गर्दा दुई अध्यक्षबीच भएको सहमतितिर फर्केर त्यसबाट नयाँ सहमति खोजी गर्नुपर्ने या पार्टी कमिटीको निर्णयलाई मानेर जानुपर्ने पक्षमा आफू रहेको नेताहरूसँगको छलफलका क्रममा बताएका थिए। ‘उहाँहरू टसमस हुनुहुन्न। अब २६ भदौको सहमतिबाटै समझदारी खोजी गर्ने कुरा नहुने देखियो’, स्थायी समिति सदस्य पौडेलले भने, ‘अब कि पार्टी एकता गर्दाको सहमति मान्नुपर्‍यो कि बैठकले जे निर्णय गर्छ त्यसलाई सबैले मानेर जानुपर्‍यो। यो मात्रै अब विकल्प देखिन थाल्यो।’

ओली पक्षले भने दुवै अध्यक्षले एक अर्काेलाई आरोप÷प्रत्यारोप लगाएको प्रस्ताव फिर्ता गर्ने या थाती राखेर नयाँ संयुक्त प्रस्ताव तयार पार्ने र भदौ २६ को सहमतिलाई ढृढतापूर्वक दुवै पक्षले मानेर जाने गरी सहमति खोजी गर्नुपर्ने अडान लिइरहेको छ। भदौ २६ मा दाहालले पार्टी र ओलीले सरकार सञ्चालन गर्ने तर एकआपसमा महत्वपूर्ण निर्णय गर्दा समन्वयमा अगाडि बढ्ने गरी कार्यविभाजन गरेर जाने समझदारी भएको थियो। अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x