×

NMB BANK
NIC ASIA

सात दिन बढिरहेको नेप्से १५ अंक घट्यो

मंसिर १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सात कारोबार दिन उच्च अंकसहित लगातार बढेको नेप्से बिहीबार १५.५७ अंक घटेको छ ।

Muktinath Bank

यो गिरावटसँगै नेप्से परिसूचक २ हजार ५५.४५ विन्दुमा ओर्लिएको छ । अघिल्लो दिनको तुलनामा यो करिब ०.७५ प्रतिशत कम हो । यसअघि यही मंसिर ८ मा नेप्से २.३८ अंक घटेको थियो । त्यसपछिका सबै कारोबार दिनमा बढेको नेप्सेमा बिहीबार भने दोहोरो अंकले करेक्सन भएको हो । मंसिर ८ अघि कात्तिक २० मा नेप्से ४.४७ अंक घटेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीबार करिब साढे ६४ हजार कारोबारबाट २ सय कम्पनीका १ करोड ५८ लाख ८९ हजार कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब २ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । यससँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि २७ खर्ब ५५ अर्ब रुपैयाँ कायम भएको छ ।


Advertisment
Nabil box
Kumari

सेयर बजारमा भएको उच्च वृद्धि स्वाभाविक नभई चलखेलका माध्यमबाट भएको नियामक निकाय धितोपत्र बोर्डको अध्ययन प्रतिवेदन बाहिरिएको छ, जसमा उचित कारणबिनै धेरै कम्पनीका सेयर मूल्य बढेकाले बजारमा जोखिम रहेको उल्लेख छ ।

Vianet communication
Laxmi Bank

बिहीबारको बजारमा यसको असर पनि परेको जानकारहरू बताउँछन् । २०७७ असारको तुलनामा मंसिर ११ सम्मको सूचीकृत कम्पनीको सेयर मूल्य अध्ययन गर्दा २७ कम्पनीको मूल्यमा शतप्रतिशतभन्दा बढी वृद्धि भएको, ५० प्रतिशतदेखि शतप्रतिशत मूल्य वृद्धि हुनेमा ३१ कम्पनी रहेको प्रतिवेदनमा औंल्याइएको छ । यी कम्पनीको मूल्यवृद्धिलाई उचित मान्न सक्ने कुनै कारण नदेखिएकाले त्यस्ता कम्पनीको बजार मूल्य सम्बन्धमा विस्तृत अध्ययन गर्न जरुरी रहेको प्रतिवेदनको सुझाव छ ।

धितोपत्र बजारमा सहभागीहरूको सूचना प्रवाहलगायत सुशासनको कमजोर अभ्यास र धितोपत्रको दोस्रो बजार सुपरिवेक्षण पूर्वाधार तथा अभ्याससम्बन्धी कमीकमजोरीका कारणसमेत सेयर बजारमा ठूलो उतारचढाव आउने गरेको अध्ययनमा उल्लेख छ ।

यसमा सुधारका लागि सूचना प्रवाहलगायत सुशासनसम्बन्धी ऐननियमका व्यवस्था तथा सम्बन्धित निर्देशनको परिपालना गराउन बजार सुपरिवेक्षणको सुदृढ पूर्वाधार तयार गर्नुका साथै कानुन प्रबलीकरण काम प्रभावकारी बनाउनुपर्ने,’ प्रतिवेदनमा उल्लेख छ ।

बजारमा भित्री कारोबार मौलाएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्रोतले बताएको छ । धेरै कम्पनीका सेयर मूल्य प्रभावित हुने निर्णय सार्वजनिक गर्नुअघि सेयर मूल्य अत्यधिक बढ्नु र ती निर्णय घोषणापछि सेयर मूल्यको वृद्धि रोकिनुले भित्री कारोबार भएको पुष्टि हुने स्रोतले बताएको छ । नियामक निकाय धितोपत्र बोर्डले प्रभावकारी रूपमा नियमन तथा सुपरिवेक्षण गर्न नसक्दा यस्तो गतिविधि मौलाएको जानकारहरू बताउँछन् । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x