×

NMB BANK
NIC ASIA

गुमनाम उद्योगको पुनरूत्थान गर्न माग

मंसिर १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल उद्योग वाणिज्य महासङ्घले विगतमा निर्यातमूलक उद्योगका रूपमा स्थापित भएर अहिले गुमनाम भएका उद्योगहरूको पुनरुत्थानमा ध्यान दिन सरकारसमक्ष माग गरेको छ ।

Muktinath Bank

महासङ्घका नवनिर्वाचित पदाधिकारीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहित मन्त्रालयका उच्च अधिकारीसँगको भेटमा गार्मेन्ट, पस्मिना, गलैँचाजस्ता उद्योगको पुनरुत्थान गर्नेमा ध्यान दिन
आग्रह गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा मन्त्री भट्टले महासङ्घका पदाधिकारीले दिएका सुझाव सकारात्मक रहेको भन्दै मन्त्रालयले निकट भविष्यमा महासङ्घलगायतका अन्य व्यवसायिक सङ्घसंस्था, सरोकारवाला सरकारी निकायसमेतको सहभागितामा एक विशेष कार्यक्रम गर्ने र त्यसबाट उद्योग–व्यवसायको विकासमा ठोस निष्कर्ष निकाल्ने योजना मन्त्रालयको रहेको बताए ।


Advertisment
Nabil box
Kumari

भेटमा महासङ्घ अध्यक्ष शेखर गोल्छाले त्यस्ता उद्योगलगायत कोभिड प्रभावित उद्योग र अर्थतन्त्रको पुनरुत्थान अपरिहार्यता रहेको बताए । निर्यात प्रवद्र्धन, रोजगारी सिर्जना र अर्थतन्त्रको पुनरुत्थानमा निजी क्षेत्र सहकार्य गर्न तत्पर रहेको उनको भनाइ थियो ।

Vianet communication
Laxmi Bank

उहाँले यसका लागि नीतिगत तथा अन्य व्यवस्था गर्न अन्तर्राष्ट्रिय विज्ञसमेत संलग्न गराई महासङ्घले अध्ययन गर्न लागेको जानकारी दिए ।

अध्यक्ष गोल्छाले दोहोरो करका कारण स्थानीय तहमा उद्योग–व्यवसाय थप समस्या परेको पनि ध्यानाकर्षण गराए । कोभिड महामारीसँगै बन्द चलचित्र हलहरू स्वास्थ्यका सबै प्रोटोकल कायम गरी अविलम्ब सञ्चालन गर्नुपर्नेमा पनि आग्रह गरे ।

गोल्छाले अहिलेको सङ्कटमा लगानी ल्याउन र लगानी गर्न चाहनेलाई सहज र सरल वातावरण बनाइ दिनुपर्ने, निर्यात प्रवद्र्धनका लागि विशेष प्याकेज आउनुपर्ने, साना तथा मझौला व्यवसायको दर्ता प्रक्रिया सहजीकरण गर्नुपर्ने सुझाव दिए ।

कुनै एक निकायमा दर्ता भइसकेको व्यवसायलाई अन्यत्र दर्ता गर्नु नपर्ने व्यवस्था हुनुपर्ने, ऐन कानुनसँगै नियमावली पनि ल्याइनुपर्ने, चेम्बर ल ल्याउनुपर्ने माग महासङ्घको छ । त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्वबाट उठेको रकमको केही हिस्सा उद्योग वााणिज्य सङ्घको संस्थागत विकासमा खर्च गर्न दिनुपर्ने माग पनि महासङ्घले राखेको थियो ।

सो अवसरमा वाणिज्य सचिव वैकुण्ठ अर्यालले मन्त्रालयले सँधै महासङ्घसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x