×

NMB BANK
NIC ASIA

खन्न थालियो नागढुंगा सुरुङ

मंसिर १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको पोर्टल (सुरुङभित्र छिर्ने मुख) बनाएर प्वाल पार्ने काम सुरु भएको छ । काठमाडौं र धादिङ दुवैतर्फ काम अघि बढाइएको नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाले जनाएको छ । एक महिनाभित्र विस्फोट गराउने काम सुरु हुने आयोजनाको भनाइ छ । त्यसका लागि भारतबाट ३ सय टन विस्फोटक पदार्थ ल्याइएको छ ।

Muktinath Bank

विस्फोटक पदार्थबिनै करिब ३० मिटर प्वाल पारिने सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । ‘विस्फोट गराउने काम अहिले नै सुरु हुँदैन,’ उनले भने, ‘सुरुङको मुखबाट काम हुँदै छ, करिब ३० मिटर प्वाल पारेपछि मात्र विस्फोटक पदार्थ प्रयोग हुनेछ ।’ सुरुङ निर्माण थालेको एक वर्ष बित्यो । अहिलेसम्म सोचेजस्तो प्रगति देखिएको छैन । ठेक्का सम्झौताअनुसार ४२ महिनाभित्र निर्माण सक्नुपर्नेछ । निर्माणको समय ३० महिना मात्र बाँकी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि मुआब्जाको टुंगो नलगाई ठेक्का गर्दा लामो समयसम्म धादिङतर्फ काम अघि बढ्न सकेको थिएन । ‘पछि फेरि कोरोनासँगैको लकडाउनले गर्दा काम अघि बढेन,’ उनले भने, ‘अहिले काम सुरु भएको छ, निर्माण कम्पनीले तोकिएकै समयमा काम सक्ने आश्वासन दिएका छन् ।’ निर्माण कम्पनीले विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्न थालेको १३ महिनाभित्र सुरुङ प्वाल पार्ने काम सक्ने बताएका छन् । ‘अहिले कामको गति बढेको छ,’ थापाले भने, ‘निर्माण कम्पनीले १३ महिनाभित्र सुरुङ खनेर वारपार गर्ने काम सक्छौं भनेका छन् ।’ यस अवधिमा प्वाल पार्ने काम सकिनेछ । ‘त्यसपछि लाइनिङलगायत काम बिस्तारै हुँदै जाने छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

विस्फोटक पदार्थ लिन नेपाली सेनाबाट समयमै स्वीकृति नपाउँदा सुरुङ खन्ने काम अघि बढ्न सकेन । आयोजनामा ९ सय टन विस्फोटक पदार्थ प्रयोग हुने अनुमान छ । निर्माण कम्पनीले गत जेठ तेस्रो साताबाट सुरुङ खन्ने तयारी गरेको थियो । जेठमै सुरुङ खन्ने भन्दै आयोजनामा निर्माण कम्पनीले योजना पेस गरेको थियो । विस्फोटक पदार्थ समयमै नआउँदा सुरुङको काम थाल्न पाँच महिना ढिला भएको हो । ‘भारतबाट एक लट विस्फोटक पदार्थ आइसकेको छ,’ थापाले भने, ‘फेरि ६ सय टन चाहिन्छ, यहीबीच सेनाले उत्पादन गर्ने विस्फोटक पदार्थको पनि परीक्षण गरिनेछ ।’

Vianet communication
Laxmi Bank

निर्माण कम्पनीको मापदण्डअनुसार सेनाको विस्फोटक पदार्थले काम गरे बाँकी सेनाबाटै लिने उनको भनाइ छ । सुरुङविज्ञसहित २० जनाको विदेशी प्राविधिक टोली अहिले फिल्डमा छ । आवश्यकताअनुसार प्राविधिक थप गर्दै लगिनेछ । त्यस्तै २ सयभन्दा बढी कामदार निर्माणस्थलमा सक्रिय छन् ।

‘आवश्यकताअनुसार कामदार थप गर्दै लग्नेछौं,’ उनले भने । तिहारलगत्तै पोर्टल बनाएर काम सुरु गरिएको आयोजनाले जनाएको छ । कोरोनाको जोखिम कम नभएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर काम जारी राखिएको छ । निर्माणमा प्रयोग हुने इक्विपमेन्ट पनि सबै आइसकेका छन् । सुरुङसम्म पुग्ने सडक निर्माणको काम पनि भइरहेको छ । मुआब्जा बुझेर पनि घर भत्काउन नदिँदा केही स्थानमा समस्या भएको छ । ‘काठमाडौंतर्फ मुआब्जा बुझेर गए तर घर भत्काइदिएका छैनन्,’ थापाले भने, ‘धादिङतिर जग्गा रोक्का भएको छ, मुआब्जा माग्छन्, फुकुवा गरेर ल्याए हामीसँग पैसा छ, दिन समस्या छैन ।’ मुआब्जाको समस्या समाधान गर्ने प्रयास भइरहेको छ । ‘यसले गर्दा निर्माणको काम भने रोकिएको छैन,’ उनले भने ।

आयोजना निर्माणको जिम्मा जापानिज कम्पनी हाज्मा एन्डोले लिएको छ । २ दशमलव ६८ किमि दूरीको सुरुङ बनाउन जापानको साढे १६ अर्ब ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ ।

नागढुंगादेखि सिस्नेखोलासम्मको दूरी साढे ८ किमि छ । सुरुङ बनेपछि उक्त दूरी ३ किमिमा झर्ने आयोजनाले जानकारी दिएको छ । यो खण्डमा सबैभन्दा बढी ट्राफिक जाम हुने गरेको छ । यात्रुदेखि दैनिक उपयभोग्य वस्तु यही नाका भएर काठमाडौं भित्रिन्छन् । लोड बढी भएका साधन उकालामा बिग्रिएर पनि बढी जाम हुने गरेको छ । सुरुङ बनेपछि सेवाग्राहीलाई एक घण्टाभन्दा बढी समय बच्ने आयोजनाको दाबी छ । अन्य सवारी सुरुङमार्ग भएर आवतजावत गर्नेछन् । पेट्रोलियम पदार्थ बोकेका सवारी भने पुरानो सडकबाट राजधानी भित्रिने आयोजनाले जनाएको छ । कान्तिपुर दैनिकमा विमल खतिवडाले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x