ब्रािजलको सान्ता क्याटरिना राज्यमा बैंक लुटेपछि लुटेराहरूले सडकमा पैसा फालेका छन् । पैसा देखेर मानिसहरू लिनका लागि दौडेका छन् ।
घटना मंगलवार भएको हो । राति राइफल लिएर आएका दुई दर्जनभन्दा बढी लुटेराहरूले लगभग चार बैंक लुटे । उनीहरूले त्यसक्रममा ६ जनालाई बन्धक बनाए ।
सबै लुटेराले कालो कपडा लगाएका थिए ।
प्रहरी र लुटेराबीच गोली हानाहान भएको थियो । कम्तीमा दुईजना घाइते भएका छन् ।
ग्लोबो टीभीको रिपोर्टअनुसार, बैंक लुट्न ३० जना अपराधी १० कारमा आएका थिए । उनीहरूले शहरका कैयौं बाटो बन्द गरिदिएका थिए । प्रहरी घटनास्थलमा छिटो नपुगोस् भनी उनीहरूले त्यसो गरेका थिए ।
प्रहरीले चारजना लुटेरालाई पक्राउ गरिसकेको छ । लुटिएको केही रकम पनि बरामद गरिएको छ ।
शहरका मेयर सी साल्भारोले लुटेराहरू निकै तयारी गरेर आएको बताए ।
लुटेराहरूले सडकमा पैसा छरेको दृश्य फिल्मको जस्तो देखिएको स्थानीयहरूले बताए ।