×

NMB BANK
NIC ASIA

'बादलमा पानी रोप्दै' चीन, मौसम नियन्त्रणमा अग्रगामी छलाङ

मंसिर १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले प्रयोगात्मक मौसम परिवर्तन कार्यक्रमलाई विस्तार गरेर भारतको भन्दा डेढ गुणा बढी क्षेत्रफल समेट्ने योजना सार्वजनिक गरेको छ । 

Muktinath Bank

स्टेट काउन्सिलले जारी गरेको विज्ञप्तिअनुसार, सन् २०२५ सम्म चीनले मौसम परिवर्तन प्रणाली विकसित गरिसकेको हुनेछ । यसको आधारभूत अनुसन्धान र महत्त्वपूर्ण प्रविधिमा भएका विकास अनि सुरक्षा जोखिम रोकथाममा सुधारका कारण चीनले यो उपलब्धि हासिल गर्न सकेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अबको पाँच वर्षमा कृत्रिम वर्षा वा हिमपातले ५५ लाख वर्ग किलोमिटर क्षेत्र ओगट्नेछ भने पाँच लाख ८० हजार वर्ग किलोमिटरमा असिना रोक्ने प्रविधि अपनाइनेछ । 


Advertisment
Nabil box
Kumari

यस कार्यक्रमले विपत राहत, कृषि उत्पादन, जंगल र घाँसेमैदानमा हुने आगलागीको आपतकालीन रोकथाम तथा असामान्य उच्च तापक्रम वा सुक्खा रोक्न सहायता गर्नेछ ।

Vianet communication
Laxmi Bank

चीनले कृषि क्षेत्रको सुरक्षा तथा महत्त्वपूर्ण आयोजनमा सफा आकाशका लागि मौसम नियन्त्रण गर्न पहिलेदेखि नै प्रयास गरिरहेको थियो । चीनको राजधानी बेइजिङमा महत्त्वपूर्ण राजनीतिक कार्यक्रम हुँदा आकाश खुला देखिन्छ किनकि मौसम परिवर्तन प्रविधि उपयोग गरिन्छ र नजिकैका कारखानाहरू बन्द गरिन्छ । 

बादलमा पानी रोप्ने काम (क्लाउड सीडिङ) को अवधारणा दशकौंदेखि विद्यमान छ । निकै आर्द्रता भएका बादलमा सेतो आयोडाइड रोपेपछि बादल भारी हुँदै जान्छ र पानी पर्छ । यसरी सामान्यतया पानी नपर्ने बादलबाट पनि यस प्रविधिले पानी पारिदिन्छ । 

चीनले सन् २०१२ देखि २०१७ को अवधिमा मौसम परिवर्तनको क्षेत्रमा १ अर्ब ३४ करोड डलर खर्च गरिसकेको छ । पोहोर साल मौसम परिवर्तन प्रविधिका कारण चीनको सिन्च्याङ क्षेत्रमा असिनाबाट पुग्ने क्षतिमा ७० प्रतिशत कमी आएको थियो । 

बेइजिङले मौसम परिवर्तन प्रविधि देशकै लागि प्रयोग गरिरहेको भए पनि यसको असर उसका छिमेकी मुलुकमा पनि पर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । 

पोहोर साल नेसनल ताइवान विश्वविद्यालयका अनुसन्धाताहरूले मौसम परिवर्तन गतिविधिका कारण छिमेकीहरूको वर्षा चोरिदिने समस्या आउन सक्ने चेतावनी दिएका थिए । उनीहरूले विवादास्पद परियोजनाको कार्यान्वयका सम्बन्धमा चेक यान्ड ब्यालेन्स प्रणालीको अभाव रहेको भनी औंल्याएका थिए । 
 

सीएनएनबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x