×

NMB BANK
NIC ASIA

खाली विद्यालय भवनमा कोरोना अस्पताल

मंसिर १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

खाली रहेको विद्यालय भवन उपयोग गरेर बागलुङको काठेखोला गाउँपालिकाले अस्थायी कोभिड–१९ अस्पताल निर्माण गरेको छ । काठेखोला वडा नं ६ बिहुँमा रहेको भीमसेन प्राथमिक विद्यालयको भवनमा कोरोना सङ्क्रमितको उपचारका लागि दश श्ययाको अस्पताल  तयार गएको हो । 

Muktinath Bank

विद्यार्थी सङ्ख्या कम भएर नजिकैको अर्को विद्यालयमा प्राथमिक तह गाभिएपछि खाली रहेको सो विद्यालयको भवन उपयोग गरिएको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिए ।
    
भीमसेन प्रावि नजिकै रहेको भीमसेन माविमा गाभिएपछि भवन खाली थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“अस्थायी अस्पताल बनाउन अन्य भवन थिएनन्, विद्यालयको खाली भवनको उपयोग गर्यौं”, उनले भने “कोभिड अवधिभर यो भवनमा अस्पताल रहनेछ ।”


Advertisment
Nabil box
Kumari

पहिले क्वारेन्टाइन बनाइएको भवनमा श्ययाका लागि आवश्यक पूर्वाधार निर्माण गरेर अस्पतालका रुपमा विकास गरिएको हो । अस्पताल सञ्चालनका लागि गाउँपालिकाले जनस्वास्थ्य अधिकृत सातौँ तहका रामचन्द्र लामाको नेतृत्वमा चार जना खटाएको छ । दुई स्टाफ नर्स करार सेवामा छन् ।   एक कार्यालय सहयोगी पहिलेदेखि नै सेवारत छन् । 

Vianet communication
Laxmi Bank

“अस्थायी भए पनि अस्पताल हो, आवश्यक पूर्वाधार सम्पन्न बनाइएको छ”, प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले भने, “मितव्ययी हिसाबले बिरामीको हितमा अस्पताल चल्नेछ ।” अस्पतालको अनुगमन गाउँपालिकाले गर्ने तथा आवश्यक पूर्वाधार, उपकरण र औषधिको व्यवस्था गरिएको उनले बताए ।

गाउँपालिकालाई सङ्घीय सरकारले अस्थायी कोभिड अस्पतालको लागि रु १० लाख उपलब्ध गराएको थियो । रु पाँच लाख कर्मचारीको व्यवस्थापन र बाँकी रु पाँच लाखमा पूर्वाधार निर्माण गर्ने कार्यविधि छ ।

“सरकारले पाँच श्ययाको अस्पताल बनाउन भनेको थियो, हामीले दश श्ययाको बनायौँ”, अध्यक्ष थापाले भने , “सम्भावित बिरामी, जनशक्ति र पूर्वाधारका आधारमा श्यया बढाइएको हो ।”

गाउँपालिकाले चिकित्सकका लागि आवेदन मागे पनि नपरेपछि जनस्वास्थ्य अधिकृतलाई जिम्मेवारी दिएर थप प्रक्रियामा लागेको छ ।

काठेखोलामा हालसम्म ७८  सङ्क्रमितमध्ये ७४ जना निको भइसकेका छन् । अस्थायी अस्पतालमा दुई जनाले उपचार गराइरहेका छन् ।

अस्पतालमा रहेका सङ्क्रमितलाई आइसोलेसनमा दैनिक तीन पटक खानाको व्यवस्था गरिएको र कोभिड महामारीमा काम गर्ने स्वास्थ्यकर्मीलाई ५० र ७५ प्रतिशत जोखिम भत्ताको व्यवस्थापन गरिइको गाउँपालिकाले जनाएको छ ।

अस्पताल सञ्चालनपछि अक्सिजन आवश्यक बिरामीको काठेखोलामै उपचार हुनेछ ।  भेण्टिलेटर र सघन उपचार कक्षका आवश्यक बिरामीलाई मात्रै सदरमुकाम बागलुङ बजार पठाइने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x