×

NMB BANK
NIC ASIA

४ महिनामा ९८ प्रहरी निलम्बनमा: निर्दोष फस्दा करिअरमा धक्का, दोषीलाई राजनीतिक पहुँचले मुक्ति !

मंसिर १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गत बुधवार (२०७७ मंसिर १७ गते) महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक (एसपी)द्वय बिमल बस्नेत, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत रामेश्वरप्रसाद यादव र इलाका प्रहरी कार्यालय कपिलकोट सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) मेघराजप्रसाद चौरसियालाई निलम्बन गर्‍यो ।

Muktinath Bank

प्रहरी संगठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीहरूलाई असर पुर्‍याउने किसिमको काम गरेको प्रारम्भिक छानबिनमा देखिएको र आफूलाई सुम्पिएको जिम्मेवारी र दायित्व पूरा नगरी प्रहरी नियमावली, २०७१ विपरीत आचरण व्यवहार तथा गैरव्यावसायिक कार्य गरेको पुष्टि भएकाले उनीहरूलाई जाँचबुझ गर्ने भन्दै ६ महिनाका लागि निलम्बन गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी नियमावली– २०७१ को नियम ११५ को (४) बमोजिम मंसिर १६ गतेको (सचिवस्तर) को निर्णयानुसार निलम्बन गरेको गृह मन्त्रालय, प्रहरी कर्मचारी प्रशासन शाखाले जनाएको थियो । 


Advertisment
Nabil box
Kumari

पछिल्लो ४ महिनामा ९८ जना प्रहरी कर्मचारीहरू निलम्बनमा परेका छन् ।

Vianet communication
Laxmi Bank

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कलाई हेर्ने हो भने यो आर्थिक वर्ष (२०७७/०७८) को पहिलो ४ महिनामा प्रहरी उपरीक्षक (एसपी) २ जना, प्रहरी नायब उपरीक्षक (डीएसपी) १ जना, प्रहरी निरीक्षक (इन्स्पेक्टर) १ जना, प्रहरी नायब निरीक्षक (सई) ६ जना, प्रहरी सहायक निरीक्षक (असई) ११ जना, प्रहरी हवल्दार १६ जना र प्रहरी जवान ६१ जना गरी ९८ जना प्रहरी कर्मचारीहरू निलम्बनमा परेको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त कुँवरले जानकारी दिए ।

‘यो आर्थिक वर्षको ४ महिनामा ९८ जना प्रहरीहरू निलम्बनमा परेका छन्,’ एसएसपी कुँवरले भने, ‘आचरणविपरीतको काम गरेको र अनुसन्धानमा असर पर्ने देखिएका प्रहरीलाई निलम्बन गरेका छौं ।’

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा २ सय ५४ जना प्रहरीहरू निलम्बनमा परेका थिए । 

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) १ जना, डीएसपी १ जना, इन्स्पेक्टर १० जना, सई २० जना, असई २४ जना, हवल्दार ५६ जना प्रहरी जवान १४० जना र कार्यालय सहयोगी २ जना गरी २५४ जना निलम्बनमा परेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाउँछ ।

निर्मला हत्या प्रकरणमा निलम्बनमा परेका प्रहरी अधिकृतहरू प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक (डीएसपी)द्वय अंगुर जिसी र ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय एकेन्द्रबहादुर खड्का र जगदिशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी र जवान चाँदनी साउद सेवामा फिर्ता भएका थिए भने निलम्बनमा परेका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमोद ढुंगेल पनि सेवामा फिर्ता भइसकेका छन् । 
खराब प्रहरीहरू राजनीतिक पहुँचले गर्दा सेवामा फिर्ता !

कर्मचारीलाई कारवाही गर्दा प्रक्रिया पुर्‍याइकन गरेको छ र त्यो प्रहरी कर्मचारी भोलि सेवामा प्रवेश गर्ने सम्भावना कति हुन्छ ? भन्ने अनुसन्धान गरेर प्रक्रिया पुर्‍याएर र बलियो प्रमाणहरू फेला पारेर निलम्बन गर्नुपर्छ र धेरैजसो अवस्थामा प्रहरीले त्यही गर्ने गर्छ । तर निलम्बनमा परेका कतिपय प्रहरीले कर्मचारीले राजनीतिक पहुँचका आधारमा सेवामा फिर्ता आउने गरेका छन् । 

प्रहरी प्रधान कार्यालयले निलम्बन गर्दा त्यो प्रहरी कर्मचारीले कुनै पनि अपराधको घटनालाई प्रभावित पार्न सक्ने कुरालाई मध्यनजर गरेर गर्दछ ।

अर्को कुनै पनि प्रहरी कर्मचारीले भ्रष्टचार गरेको यथेष्ट प्रमाणका आधारमा कारवाही गर्ने पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले बताए ।

पूर्वडीआईजी मल्ल ठकुरीका अनुसार कारवाहीमा परेका प्रहरी कर्मचारी केहीबाहेक धेरैजसोलाई गल्ती गरेर नै निलम्बन गरिएको हुन्छ । केहीलाई अनुसन्धानमा प्रभाव पार्ने भएको खण्डमा समयावधि तोकेर निलम्बन गरिएको हुन्छ । त्यस्तो प्रहरीको गल्ती देखिएको खण्डमा उसलाई सेवाबाट बर्खास्त गरिन्छ भने निर्दोष ठहरिएको खण्डमा उसलाई सेवामा फिर्ता ल्याइने डीआईजी मल्लले बताए ।

तर कतिपय खराब प्रहरी कर्मचारी पनि राजनीतिक पहुँचका आधारमा सेवामा फिर्ता आउने गरेको मल्लले बताए ।

‘प्रहरी निलम्बन प्रमाणका आधारमा पुष्टि गर्ने हो । दोषी नदेखिएको प्रहरी कर्मचारीलाई निलम्बन नै गर्दैन तर कतिपय खराब प्रहरीले राजनीतिक पहुँचका आधारमा सेवामा फिर्ता आएका छन्,’ पूर्व डीआईजी मल्लले भने, ‘त्यस्ता प्रहरीले भोलि पनि संगठनलाई दुषित नै बनाउँछन् ।’

कतिपय प्रहरीहरू मुद्दा कमजोर गरेका कारणले पनि सेवामा फिर्ता आउँछन् । यस्ता मानिसहरू प्रहरी संगठनमा फिर्ता हुँदा काम गर्ने प्रहरी अधिकारी हतोत्साहित भएर प्रभावकारी कार्यसम्पादनमा असर पर्ने डीआईजी मल्लले बताए ।

निर्दोष प्रहरी निलम्बनमा पर्दा करिअरमा धक्का

निर्दोष प्रहरी कर्मचारी निलम्बनमा पर्दा उनीहरूको करिअरमा धक्का लाग्ने गरेको छ । प्रहरीमा बढुवाले धेरै ठूलो महत्त्व राख्ने गर्छ । 

कुनै अनुसन्धानका क्रममा आफूभन्दा माथिल्लो कमान्डरलाई आफूले गर्न थालेको कामको जानकारी गराउँदागराउँदै पनि कमान्डरले अडान नलिइदिँदा कतिपय प्रहरी कर्मचारीहरू निलम्बनमा पर्ने गरेको पूर्वप्रहरी महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरीले बताए ।

‘कतिपय अवस्थामा माथिल्लो कमाण्डरले इनिसेसन नलिँदा पनि निर्दोष प्रहरीहरू निलम्बनमा पर्छन्,’ पूर्व डीआईजी मल्ल ठकुरीले लोकान्तरसँग भने, ‘त्यस्ता प्रहरी कर्मचारीको करिअरमा निकै ठूलो धक्का पर्छ । न उसले गल्ती गरेको हुन्छ, तैपनि कारवाहीमा पर्छ ।’

नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त कुँवर भने निर्दोष प्रहरी निलम्बनमा परेमा पनि करिअरमा भने धक्का नपर्ने बताउँछन् । 

‘प्रहरीले केही गल्ती गरेको पुष्टि भएको खण्डमा मात्रै कारवाही हुन्छ । यदि निर्दोष कोही परेको छ भने उसको करिअरमा असर गर्दैन,’ एसएसपी कुँवरले लोकान्तरसँग भने, ‘बाहिर मानिसहरूले निलम्बनमा परेको कर्मचारी भन्ने मात्र हुन्, तर संगठनभित्र त्यसले असर गर्दैन ।’

तर बढुवाको मुखमा निलम्बनमा पर्ने प्रहरी कर्मचारी भने आफ्ना अरू प्रतिस्पर्धीबाट एक तह तल रहनुपर्ने बाध्यता हुने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x