वीर अस्पतालमा आन्दोलनरत चिकित्सक र प्रतिष्ठानका पदाधिकारीहरूबीच सहमति भएपछि आन्दोलनका कार्यक्रम ६ हप्ताका लागि स्थगित भएको छ ।
साथै आन्दोलनरत कर्मचारीले लगाएको ताला पनि आजै खुल्ने भएको छ ।
कोभिड- १९ संक्रमितको उपचारमा खटेबापतको कोभिड भत्ता वितरणमा देखिएका त्रुटि सम्बन्धमा अस्पताल प्रशासन र आन्दोलनरत पक्षको प्रतिनिधि समेतको समिति बनाई समानुपातिक वितरणका आधारमा सुधार गरी वितरण गर्ने सहमति दुई पक्षबीच भएको छ ।
यस्तै कर्मचारीले पाउने औषधि खरिद खर्च कार्यकारी परिषद्बाट निर्णय गरी आगामी ७ दिनभित्र उपलब्ध गराउने, अस्पतालका पूर्ववत् सेवाहरू अझ प्रभावकारी रूपले उपलब्ध गराउने लगायतका सहमति पनि भएको छ ।
हेर्नुहोस्, सहमतिको पूर्णपाठ :
लोकान्तर संवाददाता