×

NMB BANK
NIC ASIA

नयाँ ट्राफिक प्रमुखको योजना : कोटेश्वर र कालिमाटीको जाम कम गर्न नयाँ व्यवस्था

मंसिर १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं उपत्यकामा ट्राफिक लाइटसहित उपत्यकाको ट्राफिक व्यवस्थापनका विषेश जोड दिने महानगरीय ट्राफिक महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

प्रहरी हेडक्वार्टरबाट भर्खरै सरुवा भएर महाशाखा आएका एसएसपी भट्टराईले आज (शुक्रवार) पत्रकारहरूसँगको कुराकानीमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपत्यकामा प्रविधिमैत्री बनाउँदै लगेर सडकमा कम जनशक्ति भए पनि पुग्ने अवस्थामा लैजान लागेको समेत उनले बताएका छन् । 


Advertisment
Nabil box
Kumari

उपत्यकामा भएका ट्राफिक लाइट सबै ठाउँमा सञ्चालन नभएको र त्यसलाई व्यवस्थित गरेर सवारी साधनका ड्राइभरलाई लाइट, लेन अनुशासन, ट्राफिक व्यवस्थापन लगायतका विषयमा अभ्यस्त बनाउने उनको भनाइ छ ।

Vianet communication
Laxmi Bank

‘उपत्यकामा ट्राफिक लाइटसँग सवारी चलाउने ड्राइभरहरू अभ्यस्त नभएकाले नियम उल्लंघन भएको देखिन्छ । उनीहरूलाई अभ्यस्त बनाउनका लागि योजना बनाउँछु,’ एसएसपी भट्टराईले पत्रकारसँग भने, ‘यसले गर्दा ट्राफिक व्यवस्थापनमा सहज हुन्छ भन्ने विश्वास छ ।’

पत्रकारसँग प्रमुख भट्टराईले उपत्यकाको सबैभन्दा धेरै सवारी जाम हुने ठाउँ कोटेश्वरमा जाम कम गर्न केही विकल्पहरू रहेको बताएका छन् । 

पूर्वबाट कोटेश्वरमा आउने सवारी साधनहरूले सडकमै यात्रु झार्ने गरेकोमा नजिकैको खुल्ला ठाउँमा झार्ने व्यवस्था गर्ने, काठमाडौंबाट भक्तपुरतर्फ जाने सडकलाई सडक विभागको समन्वयमा लेन थप गर्ने उनले बताएका छन् । 

उपत्यकामा ट्राफिक लाइट र नियमको पूर्णरूपले ज्ञान नहुँदा सवारी दुर्घटना हुने भएकाले त्यसलाई रोक्नका लागि उपत्यकामा चल्ने सार्वजनिक यातायातमा ट्राफिक नियमको पोस्टर अनिवार्य टाँस्ने व्यवस्था गर्न लागेको र उपत्यकाका महानगरपालिका, उपमहानगरपालिका र महानगरपालिकासँग समन्वयमा सडकमा हुने व्यापारलाई व्यवस्थित गर्ने योजना रहेको उनले बताएका छन् । 

यस्तै यातायात व्यवस्थापन विभागको समन्वयमा सीसीटीभीको माध्यमबाट सडक लेन, द्रुत गतिलगायतका ट्राफिक नियमहरूको निगरानी गरेर कारवाहीको दायरामा ल्याउन लागेको एसएसपी भट्टराईले बताए ।

‘अहिले हामीले सीसीटीभीको माध्यमबाट कारवाही गरिरहका छौं । यसलाई यातायात व्यवस्था विभागसँगको सहकार्यमा अझ थप प्रभावकारी बनाउन लागेका छौं,’ एसएसपी भट्टराईले पत्रकारसँग भने, ‘यसका लागि यातायातसँग सवारीको पूर्ण एक्सेस मागेका छौं ।’

अर्को धेरै जाम हुने क्षेत्र कालीमाटीमा पिकआवरमा चल्ने टाटासुमोलाई बन्द गरेर अन्य समयमा चलाउनका लागि व्यवस्था गर्ने गृहकार्य भएको एसएसपी भट्टराईले बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x