×

NMB BANK
NIC ASIA

विश्वभरका फोटोग्राफरका सिर्जनालाई जनसमक्ष पुर्‍याउन धन्सार शुभारम्भ

मंसिर १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वभरका फोटोग्राफरका सिर्जनालाई जनसमक्ष पुर्‍याउने उद्देश्यले साझा मञ्चका रुपमा धन्सार डटकम (www.dhansar.com) को शुभारम्भ गरिएको छ । अमेरिकाकाको वासिङ्टन डिसीमा मुख्य कार्यालय रहेको धन्सारले विश्वभरका फोटोग्राफरको क्यामेरामा कैद भएका तस्वीर, दृश्य र सङ्गीतलाई सार्वजनिक गर्नेछ । 

Muktinath Bank

आज काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले धन्सारको शुभारम्भ गरे । उनले धन्सार नेपालका भौगोलिक अवस्थिति, कला, संस्कृति, सम्पदा विश्वमाझ चिनाउने उपयुक्त माध्यम भएको बताए । कला संस्कृति र प्रकृतिमा नेपाल विश्वमै धनी रहेको उल्लेख गर्दै उनले नेपाल चिनाउने तस्वीर तथा श्रव्यदृश्य सामग्री बोर्डलाई उपलब्ध गराउन पनि आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धन्सारका प्रमुख कार्यकारी अधिकृत विनोद अधिकारीले ‘डिजिटल लाइब्रेरी’का रुपमा आफूहरुले उक्त मञ्च सार्वजनिक गरेको बताए । फोटोग्राफरले आफूले कैद गरेको तस्वीर तथा श्रव्यदृश्य केही निःशुल्क तथा शुल्क लिएर धन्सारमार्फत बिक्री गर्न सक्नेछन् । 


Advertisment
Nabil box
Kumari

धन्सारमार्फत आकर्षक तस्वीर तथा श्रव्यदृश्यको खोजी तथा खरिद गर्न सकिने छ । आफ्नो सिर्जना बिक्री गरेर फोटोग्राफरलाई आम्दानी गर्ने मञ्चका रुपमा पनि धन्सारले काम गर्नेछ । धन्सारमा विभिन्न विधाका तस्वीर तथा श्रव्यदृश्य राख्न सकिने छ । प्रतिदिन एक प्रयोगकर्ताले १० वटा तस्वीर राख्न सक्ने धन्सारले जनाएको छ । 

Vianet communication
Laxmi Bank

धन्सारमार्फत बिक्री भएका तस्वीर तथा श्रव्यदृश्य सामग्रीको शुल्क सम्बन्धित फोटोग्राफरले प्राप्त गर्नेछन् ।

धन्सारमा तस्वीर तथा श्रव्यदृश्य सामग्री उपलब्ध गराउने व्यक्तिले आफ्नो सिर्जनाको मूल्य आफैँ तोक्न पाउनेछन् । धन्सारमा उच्च गुणस्तरको दृश्य अपलोड गर्न सकिने छ ।

धन्सारमार्फत उपभोक्ताले गुणस्तरीय तस्वीर तथा श्रव्यदृश्य सामग्री प्राप्त गर्नेछन् । त्यस्तै केही ‘रोयल्टी फ्रि’ सामग्री पनि प्राप्त गर्न सकिने छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x