ठूलो परिमाणको अवैध सामान बरामद

नवलपरासी प्रहरीले आज ठूलो परिमाणको अवैध सामान बरामद गरेको छ ।

 भन्सार छलि अवैध रुपमा भारततर्फ लैजाँदै गरिएको रु ११ लाख ४२ हजार मूल्य बराबरको सामान भारतीय सीमावर्ती क्षेत्रबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।


Advertisement

जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार भारतीय सीमावर्ती क्षेत्र पाल्हीनन्दन गाउँपालिका–२ मा सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले लु१ज ३२४३ नम्बरको बोलेरो पिकअप गाडीमा सावर व्यक्तिलाई सोधपुछ गर्ने क्रममा अवैध सामान भेटिएपछि सवारीसहित नियन्त्रणमा लिएको हो ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्