राष्ट्रपति भेट्न पुगे शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । सो क्रममा राष्ट्रपतिले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै  सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न  आग्रह गरेकी छिन् ।

 राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज भएको छलफलमा शिक्षासचिव गोपीनाथ मैनालीसहितकाे छलफलमा मन्त्री पोखरेलले चालु आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएका शिक्षासम्बन्धी विषयको कार्यान्वयनका अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए ।


Advertisement

शिक्षामन्त्री पोखरेलले शिक्षाका नीतिगत विषय र भावी दिनमा शिक्षालाई नागरिकको ज्ञान, सीप र चरित्र निर्माणका दिशातर्फ अभिमुख गराउन आवश्यक रहेको बताएका थिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्