फरार दुई अभियुक्त पक्राउ

हुम्ला जिल्ला सर्केगाड गाउँपालिकाकी एक बालिकालाई बलात्कार गरेका आरोपमा  फरार दुई अभियुक्तलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।
गत वर्ष  साउन २१ गते बालिकालाई लुगा धुन गएका समयमा पाँच जनाले सामूहिक बलात्कार  गरेका आरोपमा सोही गाउँका तीन जनालाई तत्काल नै र फरार दुई जनालाई आज डेढ वर्षपछि सर्केगाड– ६ बाट  पक्राउ गरिएको हो ।
 अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले  बिहान ४ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए ।


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्