के कंगनाले माफी माग्लिन् ?

किसान आन्दोलनमा सहभागी वृद्ध महिलामाथि अपमानजनक टिम्पणी गरेर आलोचित बनेकी बलिउड नायिका कंगना रनौतलाई अकाली दलले कानुनी पत्र पठाएको छ । पछिल्लो केही दिनदेखि कंगना आफ्नो फिल्मका बारेमा नभई सामाजिक सञ्जालमा राजनीतिक प्रचारप्रसारका लागि चर्चामा रहेकी छन् । 

भारतमा चलिरहेको किसान आन्दोलनमा सहभागी वृद्ध महिलाका बारेमा एक फर्जी ट्वीट शेयर गर्दै अपमानजक टिप्पणी गरेकी थिइन् । उक्त फर्जी ट्वीट कंगनाले डिलिट गरिसकेकी छन् । उनको उक्त टिप्पणीप्रति अन्य सेलिब्रेटी र कांग्रेस भाजपा लगायतका राजनीतिक दलले पनि आपत्ति जनाएका छन् । यस घटनामा अकाली दलले कंगनालाई एक कानुनी पत्रमार्फत माफी माग्न बताएको छ । 


Advertisement

कंगनाले किसान आन्दोलनमा सहभागी ९० वर्षकी वृद्ध महिलालाई ‘शाहीन बागकी विलकिस बानो’ बताउँदै, १००÷१०० रुपैयाँमा कुनै पनि आन्दोलनमा सहभागी हुने टिप्पणी गरेकी थिइन् । 

यो ट्वीट फर्जी थियो । जुन कंगनाले डिलिट गरिसकेकी थिइन् । ट्वीटपछि अहिले सामाजिक सञ्जालमा उनको तिव्र आलोचना भइरहेको छ । शिरोमणि अकाली दलले कंगनाको उक्त ट्वीट र त्यहाँ प्रयोग गरिएको भाषाप्रति आपत्ति जनाएको छ । 


Advertisement

अकाली दलका नेता मनजिन्दर सिंह सिरसाले भने, ‘एक किसान वृद्ध आमालाई एक सय रुपैयाँमा उलब्ध हुन्छन् भन्ने कंगनाको अपमानजनक टिप्पणीका लागि हामीले कानुनी सूचना पठाएका छौं । उनको ट्वीट किसानलाई राष्ट्रविरोधीका रुपमा देखाउँछ । उक्त ट्वीटका लागि बिनासर्त माफी माग्न माग गरेका छौं ।’ 

अकाली दलको पत्र जानुअघि पञ्जाव÷हरियाणा अदालतका एक वकिल र दिल्ली शिख गुरुद्वारा व्यवस्थापन कमिटीले पनि पत्र पठाएर माफी माग्न अनुरोध गरेको थियो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्