×

NMB BANK
NIC ASIA

आ–आफ्नै अडानमा ओली–प्रचण्ड, प्रचण्ड– नेपाल पक्ष विद्यार्थीहरूको छुट्टै भेला !

मंसिर २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारूढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालका आ–आफ्नो अडानका कारण आरोप–प्रत्यारोपको दस्ताबेज सचिवालयमै टुंगो लगाएर स्थायी कमिटी बैठकमा जाने प्रयास असफल भएको छ ।

Muktinath Bank

प्रधानमन्त्री ओलीको अनुपस्थितिका कारण गत १७ गते स्थगित भएको सचिवालय बैठक शनिबारका लागि निर्धारण गरिएको छ । ओली पक्षधरले बैठक केही समय रोकेर अध्यक्षद्वयकै बीचमा थप संवाद गर्नुपर्ने मत राखिरहेकाले शनिबारको बैठक बस्ने/नबस्ने निश्चित छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि अर्का अध्यक्ष पुष्पकमल दाहाल भने सचिवालयमा छलफलका लागि आएका सबै दस्ताबेजलाई स्थायी कमिटीमा लगेर टुंगो लगाउनुपर्ने पक्षमा छन् । उनले शुक्रबार आफूलाई भेट्न आएका नेताहरूलाई पनि यही जानकारी गराएका छन् । अध्यक्ष दाहाललाई भेट्न पुगेका सचिवालय सदस्य ईश्वर पोखरेलले बैठक केही दिन रोकेर साझा प्रस्तावका लागि छलफल अघि बढाउन सुझाव दिएका थिए तर दाहालले प्रस्तावहरूका विषय कमिटीले नै टुंगो लगाउने आफ्नो पूर्ववर्ती अडान यथावत् रहेको बताएका थिए । दुवै पक्षको अडान यथावत् हुँदा नेकपाको विवाद साम्य हुँदै जान्छ या झन् चर्किन्छ भन्नेमा नेतृत्व पंक्ति नै अलमलमा छ ।


Advertisment
Nabil box
Kumari

वरिष्ठ नेता झलनाथ खनालले नेताहरूका बीचमा थप संवाद नभएकाले सहमतिको सम्भावना नरहेको बताए । उनले केही स्थायी कमिटी सदस्यहरूबाट साझा प्रस्ताव बनाउन सुझाव आएको भए पनि त्यो सम्भावना टर्दै गएको बताए । दुई पक्षबीच संवाद गर्न र सहमतिको मिलनबिन्दु खोज्न भन्दै तीन दिन बैठक स्थगित हुँदा दुवै पक्ष आआफ्नै गुट केन्द्रित छलफलमा व्यस्त भए ।

Vianet communication
Laxmi Bank

यसबीचमा बिहीबार दाहाललाई भेट्न पुगेका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, सचिवालय सदस्य ईश्वर पोखरेल र कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संवादका लागि अझै केही दिन समय लिएर मात्रै बैठक गर्न गरेको आग्रह दाहालले अस्वीकार गरेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भने शुक्रबार दिनभर उनीनिकट नेताहरूको छलफल चलेको थियो । छलफलमा शनिबार अन्तिम समयसम्म पनि बैठक रोक्न प्रयास गर्ने विषयमा कुराकानी भएको ओलीनिकट एक नेताले बताए ।

दाहाल–नेपाल पक्षधर विद्यार्थीको छुट्टै भेला

शीर्ष नेताहरूमा स्पष्ट कित्ताकाट भइरहेका बेला अनेरास्ववियुको दाहाल–नेपाल पक्षका विद्यार्थीको भेला थापाथली इन्जिनियरिङ क्याम्पसमा भएको छ । भेलामा स्थायी कमिटी सदस्यहरू अष्टलक्ष्मी शाक्य र पम्फा भुसालसमेत सहभागी थिए । उनीहरूले पार्टी एकता जोगाउन ओलीले पार्टी कमिटीको निर्णय मान्नुपर्ने तर्क राखे ।

अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले पार्टीभित्र विधि, पद्धतिको कुरा चलिरहेका बेला संयोजक ऐन महरलगायतको टिमले छुट्टै भेला गर्दै हिँडेकाले क्रियाको प्रतिक्रियास्वरूप भेला गरेको बताए । ‘पार्टीमा एकताको बहस चलिरहेका बेला फुटको पक्षमा गुटगत भेला देशैभरि भइरहेको छ, अन्तरसंघर्षका बेला एकता कायम राख्न छोडेर संयोजकसहितको टोली एकतर्फी देश दौडाहामा निस्किएको छ,’ तामाङले कान्तिपुरसँग भने, ‘पार्टी एकतालाई बचाउनुको सट्टा साथीहरू गुटगत भेलामा लागेको हुनाले अनेरास्ववियुलाई मण्डले विद्यार्थी नबनाउनका लागि एकता र विधि पद्धतिको पक्षमा उभ्याउनुपर्छ भनेर हामीले भेला गरेका हौं ।’

उनले अर्को पक्षले जहाँजहाँ भेला गर्दै जान्छ, आफूहरूको कार्यक्रम पनि त्यही त्यही ठाउँमा केन्द्रित हुने बताए । नेताहरू एकअर्काविरुद्ध आक्रामक रूपमा उत्रिएपछि जनवर्गीय संगठनहरूले समेत आ–आफ्नो गुटका पक्षमा पैरवी गर्न थालेका हुन् । कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x