×

NMB BANK
NIC ASIA

चिकित्सा शास्त्र प्रवेश परीक्षा नहुँदा विद्यार्थी अन्योलमा

मंसिर २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चिकित्सा शास्त्र स्नातकोत्तर तहमा प्रवेश परीक्षा नहुँदा अध्ययन गर्न तयारी अवस्थामा रहेका आठ हजार चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी अन्योलमा परेका छन् ।

Muktinath Bank

प्रवेश परीक्षा समयमा हुन नसक्दा कहिले स्नातकोत्तर तहमा अध्ययन गर्ने भन्ने अन्योल देखिएको हो । गत जेठ महिनामा हुनुपर्ने स्नातकोत्तर तहको प्रवेश परीक्षा हालसम्म नहुँदा शैक्षिक सत्र प्रभावित हुने स्थिति आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले गत जेठ महिनामा चिकित्सा शास्त्र स्नातकोत्तर तहका गत जेठमा हुने परीक्षा कोभिड–१९ का कारण रोकिन पुगेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनले कोभिडका कारण रोकिएको परीक्षा चिकित्सा शिक्षा आयोगले गत असोज २७, २८ र २९ गते तय गरेको भन्दै विभिन्न चार विषयमा मुद्दा परेपछि अहिले रोकिन पुगेको जानकारी दिए । ‘‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ’’, डा. गिरीले थपे, “समयमा चिकित्सा शास्त्र तर्फका स्नातकोत्तर तहको प्रवेश परीक्षा हुन नपाउँदा शैक्षिक सत्रमा असर परेको छ ।”

Vianet communication
Laxmi Bank

स्नातकोत्तर तहको अध्ययन गर्न डा. प्रकाश बन्जाडेले पनि परीक्षा फाराम भरेका थिए । डा. बन्जाडे यतिखेर माल्दिभ्समा कार्यरत छन् ।

उनी स्नातकोत्तर तह अध्ययन गर्न फाराम भर्न बन्दाबन्दीको अवस्थामा आएका थिए । चिकित्सा शिक्षा आयोगले असोज अन्तिममा परीक्षा तोकेपछि परीक्षा दिने तयारीका साथ नेपाल आए । परीक्षा अनिश्चित बनेपछि पुनः माल्दिभ्स फर्किएका छन् । कहिले प्रवेश परीक्षा हुन्छ र परीक्षा दिन पाइएला भन्ने चिन्ताले पिरोलिरहेको उनी बताउँछन् । परीक्षा दिइहाल्न पाए ढुक्क हुने थिएँ, डा. बन्जाडेले भने, “परीक्षा अनिश्चित र अन्योल हुँदा भइरहेको काममा असर पुगेको छ ।

डा. गिरीले स्वास्थ्य विधाका सम्पूर्ण चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी परीक्षाको तयारीमा रहेको बताए । डा. गिरीका अनुसार जम्मा एक हजार छ सय सिटका लागि आठ हजारले दरखास्त दिएका छन् । दरखास्त दिनेमा अर्थोपेडिक, न्युरो सर्जरी, सर्जरी, पेडियाट्रिक, जनरल सर्जन, क्लिनिकल, जनस्वास्थ्यका विषय, ल्याब, नर्सिङ, फार्मेसी, फर्माकोलोजी लगायत छन् ।

विदेशी विद्यार्थी भर्नाको विषय, चिकित्सा शिक्षा ऐनमा समानुपातिक कोटा नछुट्याएका कारण, सरकारी चिकित्सकले सरकारी सेवामा कार्यरत अस्थायी, करार, प्रतिष्ठान र विकास समितिमा कार्यरत चिकित्सक सरकारी चिकित्सक सरह मान्यता नदिन सर्वोच्चमा मुद्दा हालेका कारण असोजमा हुने परीक्षा रोकिएको हो । सर्वोच्च अदालतले असोज १६ गते तत्काल परीक्षा रोक्न अल्पकालीन अन्तरिम आदेशले गर्दा अहिलेसम्म परीक्षा हुन सकेको छैन ।

अदालतले असोज २२ गते छलफलका लागि बोलाइएको थियो तर उक्त विषयमा छलफल हुन सकेको छैन । डा. गिरीका अनुसार ऐनमा सरकारी चिकित्सक भन्नाले स्थायी, अस्थायी, करार, विश्वविद्यालय, प्रतिष्ठान र विकास समितिका चिकित्सक समेतलाई बुझाएको छ । सरकारी सेवामा भएको स्थायी चिकित्सकले आफूभन्दा बाहेकका चिकित्सक सरकारी होइनन् भनेर मुद्दा दिएका हुन् । यस्तै चिकित्सा ऐन परिवर्तन हुनुपर्छ भनेर मुद्दा परेको छ । यस मुद्दाको अन्तिम किनारा लाग्न बाँकी छ ।

संविधानमा समावेशी (समानुपातिक) छुट्याएको तर चिकित्सा ऐनमा स्नातकोत्तर तहमा समावेशी कोटा नछुट्याएका कारण ऐन सच्याएर समावेशी कोटा राख्न माग गर्दै मुद्दा परेको छ । अरूको जीवनसँंग खेल्नुपर्ने पेसा भएकाले चिकित्सा शिक्षामा समावेशीका आधारमा कोटा छुट्याउन नहुने आवाज समेत उठ्न थालेको छ ।

नियम परिवर्तन गरेर मात्र परीक्षा लिइयोस् भनेर मुद्दा दिएका कारण त्यो विषय त्यत्तिकै रहेको छ । अर्को विदेशी विद्यार्थीसँंग सम्बन्धित मुद्दा परेको छ । विदेशी विद्यार्थीको हकमा १० प्रतिशत कोटा छ । १० प्रतिशतमा उनीहरूले नेपालमा आएर परीक्षा दिने, परीक्षा दिएर ५० प्रतिशत ल्याउनेबाट मेरिटका आधारमा भर्ना हुने व्यवस्था छ ।

त्यसमा सिट पूरा भएन भने सम्बन्धित उनीहरूको मुलुकको राष्ट्रिय स्तरको परीक्षा दिनेको हकमा त्यही परीक्षामा ५० प्रतिशतभन्दा माथि ल्याउने अङ्कको मेरिटका आधारमा पनि भर्ना गर्ने र त्यसपछि खाली रह्यो भने खुलातर्फ जाने भन्ने व्यवस्था छ । त्यसमा विदेशी विद्यार्थी नेपालमा आएर परीक्षा नदिइकन भर्ना गर्ने व्यवस्था हटाइयोस् र स्वतः खुलातर्फ लगियोस् भनेर मुद्दा परेको छ ।

आयोगका कार्यकारी उपाध्यक्ष प्रा. गिरीले परीक्षा समयमा नहुँदा शैक्षिक सत्र नै पर सरेको बताए । उनले अध्ययनका लागि मात्र होइन, स्वास्थ्य सेवाका लागि परीक्षा आवश्यक रहेको बताए । उनले विद्यार्थी जुन मेडिकल कलेजमा भर्ना हुन्छन्, त्यहाँ आवासीय चिकित्सकका रूपमा कार्यरत हुने र स्वास्थ्य सेवा दिने बताए ।

अहिले तेस्रो वर्षका विद्यार्थी परीक्षा दिएर निस्के भने पहिलो वर्षका दोस्रो वर्षमा पुगे । पहिलो वर्षका विद्यार्थी खाली हुन पुग्दा शिक्षण अस्पतालमा काम गर्ने चिकित्सकको सङ्ख्या कम भएको छ । त्यसले गर्दा सेवामा प्रभाव परेको जनाइएको छ । गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x