×

NMB BANK
NIC ASIA

प्रहरी जवानलाई १० वर्षपछि न्याय

मंसिर २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

तिहारका बेला पटाकासहित पक्राउ परेका व्यक्तिलाई छाड्न खोज्ने हाकिमको विरोध गरेबापत बर्खास्तीमा परेका प्रहरी जवानलाई सर्वोच्च अदालतले पुनर्बहाली गरेको छ । एउटा विषयमा स्पष्टीकरण सोधेर अर्कै कसुरमा सजाय गर्न खोजेको भन्दै सर्वोच्चले ती जवानलाई पदबाट हटाउने निर्णय बदर गरेको हो ।

Muktinath Bank

प्रहरी जवान जयबहादुर पाइजा २०६६ असोज ३१ गते भैरहवा विमानस्थलमा ड्युटीमा खटिएका थिए । तिहारका बेला पटाका ओसारपसार हुन सक्ने सूचनाका आधारमा उनले निगरानी बढाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तैमा एक जना विमानबाट पटाका लैजान लागिरहेको अवस्थामा भेटिए र पाइजाले नियन्त्रणमा लिई सोधखोज गरे । त्यही बेला उनलाई नेतृत्व गर्ने असई छवबहादुर घर्तीले ती व्यक्तिलाई छाड्न आदेश दिए । दुवैबीच विवाद बढेपछि लछारपछार भयो ।


Advertisment
Nabil box
Kumari

भोलिपल्ट नै रूपन्देहीका तत्कालीन एसपी प्रकाश अर्यालले पाइजालाई स्पष्टीकरण सोधे । चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै एसपी अर्यालले उनलाई २०६६ कात्तिक २२ गतेदेखि लागू हुने गरी जागिरबाट हटाउने निर्णयको पर्चा खडा गरे ।

Vianet communication
Laxmi Bank

उक्त निर्णयविरुद्ध पाइजा क्षेत्रीय प्रहरी कार्यालय पोखरा गए । तर सुनुवाइ भएन, पोखराका डीआईजीले समेत प्रहरी कार्यालय रूपन्देहीको निर्णय सदर गरे । आफूभन्दा माथिल्लो कमान्डरसँग अभद्र व्यवहार गरेको भनी प्रहरी नियमावलीअनुसार गरेको निर्णय सदर भएको पाइजाले जवाफ पाए ।

बरामद विस्फोटक पदार्थ नछाडेको विषयमा असई घर्तीले ड्युटीमै रहेका बेला कठालोमा समातेर अफिसमा लगी गालीगलौज तथा कुटपिट गरेको भन्दै पाइजाले बरु असईबाटै प्रहरी आचारणविरुद्ध घुसखोरी र अपराधीलाई बचाउने काम भएको दाबी गरेका थिए । आफूलाई सेवाबाट हटाउनेसम्मको उचित र पर्याप्त कारणसमेत नखुलाएको भन्दै उनले कानुनी उपचार खोज्ने निधो गरे ।

पाइजालाई प्रहरी नियमावलीको नियम ८८ (क) अनुसार जिम्मेवारीअनुसार आचरण नगरेको भन्ने खुलाई स्पष्टीकरण सोधिएको थियो । तर विभागीय कारबाही गरी बर्खास्त गर्दा नियम ग, ङ, च, ज–मा भएको कसुरको व्यहोरासमेत थपिएको थियो । पाइजालाई कारबाही गर्दा बारम्बार अनुशासनहीनको काम गरेको, उर्दीको पोसाक लगाई मादक पदार्थ सेवन गरी हिँडेमा वा जथाभावी गरेको कसुरमा आकर्षित हुने कानुनी दफा लगाइएको थियो ।

सर्वोच्चले पाइजालाई पदबाट बर्खास्त गर्दा सामान्य प्राकृतिक न्यायको सिद्धान्तको पनि पालना नभएको फैसला गरेको छ । ‘जे जुन कसुर गरेको वा जुन कानुन प्रावधानको बर्खिलापमा काम गरेको हो, सोही व्यहोरा खुलाई सफाइको मौका दिएर मात्रै त्यसबारे कारबाही गर्नुपर्छ भन्ने प्राकृतिक न्यायको सिद्धान्त छ,’ २०७६ पुस २० गते फैसला भएर हालै सार्वजनिक भएको पूर्णपाठमा भनिएको छ, ‘एउटा कसुरको आरोपमा स्पष्टीकरण सोध्ने अनि सेवाबाट हटाउँदा अर्कै नियम उल्लंघ भएको आरोपसमेत समावेश गर्न मिल्दैन ।’ कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x