×

NMB BANK
NIC ASIA

सडक पूर्वाधारमा ११ प्रतिशत बजेट खर्च

मंसिर २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सडक विभागअन्तर्गत पूर्वाधार निर्माणमा चालु आर्थिक वर्ष (२०७७/७८) को प्रथम चौमासिकमा ११ दशमलव २ प्रतिशत बजेट खर्च भएको छ । विभागअन्तर्गत पूर्वाधार निर्माणमा चालु आर्थिक वर्षमा १ खर्ब ४ अर्ब बजेट विनियोजन भएको थियो । त्यसमध्ये प्रथम चौमासिकमा ११ अर्ब ६४ करोड ८० लाख रुपैयाँ खर्च भएको हो ।

Muktinath Bank

प्रथम चौमासिकमा सबैभन्दा राम्रो प्रगति पुल निर्माणमा भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । अन्य क्षेत्रको प्रगति भने सुस्त छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पुल निर्माणको वार्षिक लक्ष्य ३ सय वटा पुल निर्माण गर्ने थियो । यसमा प्रथम चौमासिकको लक्ष्य ३० वटा पुल निर्माण गर्ने हो । तर लक्ष्यभन्दा बढी ३५ पुल निर्माण भएको विभागले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ कालोपत्र स्तरको सडक निर्माणको वार्षिक लक्ष्य १ हजार ८ किमि छ । प्रथम चौमासिक लक्ष्य ३ सय ८७ किमि रहेकामा २ सय ३४ किमि मात्र कालोपत्र भएको छ । त्यस्तै ग्राभेलस्तरको सडक निर्माणको वार्षिक लक्ष्य एक हजार किमिमध्ये प्रथम चौमासिकमा २ सय ५० किमि सक्नुपर्ने थियो । तथ्यांकअनुसार १ सय ७७ किमि मात्र बनेको छ । माटे सडक निर्माणको वार्षिक लक्ष्य पाँच सय किमि छ ।


Advertisment
Nabil box
Kumari

त्यसमध्ये प्रथम चौमासिकमा सक्नुपर्ने १ सय ९६ किमिमा १ सय ४२ किमि मात्र निर्माण भएको छ । ‘असोज २१ सम्म पानी परेर बाढीपहिरो आउने क्रम रोकिएन,’ महानिर्देशक शर्माले भने, ‘जसले गर्दा निर्माणको काम प्रभावित बन्यो ।’ कोरोनाले गर्दा पूर्वाधार निर्माणको काम प्रभावित बन्यो ।

Vianet communication
Laxmi Bank

कालोपत्र स्तरको सडक पुनर्निर्माण तथा पुनःस्थापना गर्नुपर्ने वार्षिक लक्ष्य ३ सय ३४ किमि छ । यसमध्ये प्रथम चौमासिकमा १ सय ९७ किमि सक्नुपर्नेमा १ सय २१ किमिको मात्र काम भएको छ । वार्षिक आवधिक रूपमा मर्मत गर्नुपर्ने सडक ७ सय २९ किमि रहेको सडक विभागले जनाएको छ । प्रथम चौमासिकमा १ सय किमिमध्ये ३७ किमि मात्र आवधिक मर्मत भएको विभागले जनाएको छ । ‘कतिपय जिल्लामा अझै त्यहाँका स्थानीय तहले बाहिरी जिल्लाका मान्छे जान दिएका छैनन्,’ शर्माले भने, ‘जसले गर्दा निर्माणको काम अघि बढाउन सकिएको छैन ।’ मनाङ, मुस्ताङ र हुम्लामा यस्तो समस्या छ । कात्तिकदेखि निर्माण सामग्री पाइएको छैन । ‘क्रसर बन्द हुँदा निर्माण सामग्री अभाव भएको हो,’ उनले भने, ‘कोरोना यत्तिकै रहे र निर्माण सामग्रीको अभाव भइरहे लक्ष्य भेट्न गाह्रै पर्छ ।’ उनका अनुसार पुल निर्माणमा भने प्रथम चौमासिकको लक्ष्यभन्दा प्रगति बढी छ ।

‘अन्य क्षेत्रमा पनि हामी अघि बढ्ने क्रममै छौं,’ उनले भने । उनका अनुसार चक्रपथ विस्तारका लागि स्वयम्भूको चैत्य भत्काउन बाँकी छ । चक्रपथमै पर्ने महाराजन्ज क्षेत्रका घर पनि भत्काउन सकिएको छैन । ‘ठेक्का गर्नुअघिको तयारी हुँदै छ,’ उनले भने, ‘त्यसपछि विस्तृत डिजाइन तयार हुनेछ ।’ सिद्धबाबा सुरुङ मार्ग निमाण यस वर्ष थालिने उनले बताए । लामाबगर–लाप्चे सुरुङमार्गको काम पनि यसै वर्ष अघि बढ्नेछ ।

‘अन्य सुरुङमार्गका विषयमा भने प्रारम्भिक अध्ययन भइरहेको छ,’ उनले भने । अहिले निर्माणको समय हो । ‘यही बेला क्रसर बन्द छन्,’ उनले भने, ‘जसले गर्दा निर्माण सामग्री अभावमा कामले तीव्रता पाएको छैन ।’ कान्तिपुर दैनिकमा बिमल खतिवडाले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x