कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
मंसिर २०, २०७७
भारतमा केन्द्र सरकारले ल्याएको कृषि कानुनका विरुद्ध किसान आन्दोलन चर्किँदै गएको छ । आफ्नो माग पूरा नभएसम्मका लागि सडकबाट नहट्ने भन्दै दिल्लीको सीमा क्षेत्रमा धर्नामा बसेका छन् । उनीहरुले जति समय लागे पनि आफूहरु पछि नहट्ने भन्दै खाने र सुत्ने बन्दोबस्त पनि सकडमै गरेका छन् ।
साथै उक्त आन्दोलनप्रति भारतीय चलचित्रकर्मीका साथै राजनीतिक दलका नेताहरुको साथ रहँदै आएको छ । शनिबार यहाँका अन्तर्राष्ट्रिय खेलाडीले पनि किसान आन्दोलनको समर्थन गर्दै आफूले पाएका अवार्ड फिर्ता गर्ने घोषणा गरेका छन् ।
उनीहरुले शुक्रबारदेखि सडक बन्द गर्दै हवन पनि शुरु गरेका छन् । यस्तै पञ्चाजवका अन्तर्राष्ट्रिय खेलाडीले आन्दोलनलाई समर्थन गरेका छन् । यी खेलाडीले आफ्नो खेलबाट पाएका अवार्ड र मेडल केन्द्र सरकारलाई फिर्ता गर्ने घोषणा गरेका छन् ।
यसमा मामलामा पद्मश्री करतार सिंह पहलवानको घरमा जम्मा हुँदै, गोल्डेन गर्ल, राजवीर कौर, ओलम्पियन दन्वीदर सिंह गरचा र ओलाम्पियन गुरमेल सिंहले सञ्चारमाध्यमसँग कुरा गर्दै ३७ जनाको समूह मेडल र अवार्ड फिर्ता गर्नका लागि शनिबार दिल्ली हिँडेको बताएका छन् । ।
उनले द्रोणाचार्य अवार्ड, अर्जुन अवार्ड, मेजर ध्यानचन्द अवार्ड र अन्य तीन अवार्ड साथमा लिएर जालन्धर हुँदै सिन्धु बोर्डरमा किसानसँगको भेटपछि अवार्ड फिर्ता गर्ने बताएका छन् । यस घटनामा ६ र ७ डिसेम्बरमा राष्ट्रपतिसमक्ष अवार्ड र मेडल फिर्ताका लागि भेट गर्ने कुरा भइसकेको बताएका छन् ।
प्रकाश सिंह बालले पद्म विभूषण फिर्ता गरे
यसमा पहिले नै पञ्जावका मुख्यमन्त्री तथा अकाली दलका वरिष्ठ नेता प्रकाश सिंह बादलले कृषि कानुनको विरोधमा आफूले पाएको पद्म विभूषण सम्मान फिर्ता गरेका छन् ।
उनका साथै अकाली दलका नेता सुखदेव सिंह ढिन्ढसाले पनि आफ्नो भद्म भूषण सम्मान फिर्ता गर्ने बताइसकेका छन् ।
प्रकाश सिंह बादलले राष्ट्रपति रामनागथ कोविन्दलाई तीन पृष्ठको पत्र लेख्दै कृषि कानुनको विरोध गरेका छन् । किसानमाथि गरिएको व्यवहारप्रति आपत्ति जनाउँदै विभूषण फिर्ता गरेका हुन् ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...