×

NMB BANK
NIC ASIA

हिमालयन चितुवा प्रशिक्षणमा व्यस्त

मंसिर २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन गर्न सफल भएका युवा बक्सर अविरल घिमिरेले अहिले प्रशिक्षणमा व्यस्त छन्  ।

Muktinath Bank

उनी जापानको टोकियो शहरमा यही मङ्सिर २८ गते आयोजना हुने ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’मा भिड्दै छन् । युवा समाजसेवी रामनारायण घिमिरेले दिएको जानकारीअनुसार अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरल अहिले आफ्ना बुबाकै विशेष प्रतिक्षणमा रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिमालयन चितुवाले परिचित अविरलले नियमितरुपमा सिमुरा डोजोमा दैनिक आठ घण्टाभन्दा बढी कडा प्रशिक्षण लिँदै आएका छन् । “मेरो प्रशिक्षणमा अविरल कडा मिहिनेतका साथ प्रशिक्षणमा  छ, उसले के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा जित्नेमा म विश्वस्त छु”, प्रशिक्षक देवकुमारले भने । 


Advertisment
Nabil box
Kumari

किक बक्सिङ खेलमा विश्वको चर्चित एवं प्रतिष्ठित सो प्रतियोगितामा २१ वर्षीय बक्सर अविरलले बाज्रिलियन खेलाडी फिलिप कुमुरासँग भिड्ने छन् । बक्सर कुमुरा बक्सिङ खेलका अन्तरराष्ट्रिय खेलाडी हुन् । अविरलले कुमुरलाई पराजित गरेमा नेपालको बक्सिङ खेलको प्रतिष्ठाले थप अन्तरराष्ट्रिय ख्याति कमाउने विश्वास गरिएको छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उहाँहरु विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा रहँदै आएका छन् ।

Vianet communication
Laxmi Bank

बक्सर अविरलले कम उमेरमा अन्तरराष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाएका छन् । ‘के वन किक बक्सिङ प्रतियोगिता’लाई जापानसहित अन्तरराष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने गर्दछ । सो प्रतियोगितामा विगतमा नेपालको प्रतिनिधित्व गर्दै मार्शल आर्टकासमेत खेलाडी देवकुमारले सन् २००४ मा भाग लिने सौभाग्य पाएका थिए । उनी अन्तरराष्ट्रियस्तरका के वन बक्सर खेलाडी तथा प्रशिक्षकसमेत हुन्। 
 
सो प्रतियोगिताको भिडन्त हेर्न हजारौं खेलप्रेमी दर्शकको रङ्गशालामा सहभागिता हुने बताइएको छ । अविरलले हालसम्म हिट–२४ किक बक्सिङ खेलको मिडिल वेटको दुईपटक च्याम्पियन तथा हालसम्म १४ खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल भएका गुर्जुराधास्थित अन्तरराष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा सञ्चालकसमेत रहेका रामनारायणले जानकारी दिए। 

“अविरलसँग अद्भूत, अदम्य साहस, जोश र लगनशीलता छ । नेपालको लागि के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिन छनोट हुनु नै ठूलो उपलब्धि हो । अविरलले उपाधि चुम्नेमा म विश्वस्त छु । यसका लागि अविरललाई नेपाल सरकार, खेलप्रेमी नेपाली जनताले थप उत्साह, हौसला तथा प्रोत्साहन भरिदिन म आग्रह गर्दछु ।” सामाजिक सञ्जालमा हालै देवकुमारले पोष्ट गर्दै भनेका छन् । 

यसैगरी गैरआवासीय नेपाली सङ्घका जापानका उपाध्यक्ष दीपक कार्कीले अविरल जापानमा रहे पनि नेपालको प्रतिनिधित्व गर्दै के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा  छनोट हुनु नेपालका लागि प्रतिष्ठा र गर्वको कुरा रहेको जनाएका छन्  । 

बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुमेका थिए । रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन् । तीन राउण्डको तीन चरणको खेलमा अङ्क बराबरी हुँदा पुनःदुई मिनेटको थप समयमा अविरलले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि हात पारेका थिए  । 

यसैगरी उहाँले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए  । रोमाञ्जकारी सो भिडन्तमा उहाँले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर बनेका थिए ।

सामाजिक सञ्चालमा बक्सर अविरलले भनेका छन्, “पुनःएकपटक बक्सिङ खेलमार्फत नेपाललाई विश्वसित थप परिचित गराउन चाहन्छु । यसका लागि मलाई थप ऊर्जा र हौसला भरिदिनुहोस् । म के वन किक बक्सिङ प्रतियोगिताको ताज पहिरिन नजिक पुग्दैछु । यसका लागि म कठोर प्रशिक्षणमा छु ।”
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x