भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ३६, ६५२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै हालसम्म भारतमा जम्मा संक्रमितको ९६ लाख ८ हजार दुई ११ पुगेको छ ।
२४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट भारतमा ५१२ जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या जम्मा एक लाख ३९ हजार ७ सय पुगेको छ केन्द्रीय स्वास्थ्य मन्त्रालय एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
हाल देशमा कोरोनाका चार लाख ९ हजार ६८९ जना रहेका छन् । यस्तै, हालसम्म भारतमा कोरोनाबाट ९० लाख ५८ हजार ९११ जना मुक्त भएका छन् ।
लोकान्तर संवाददाता