×

NMB BANK
NIC ASIA

खोलामा पुल नहुँदा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य

मंसिर २०, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

सिरहाको धनगढीमाई नगरपालिका–१२ स्थित सरे खोलामा पुल नहुँदा सो क्षेत्रका स्थानीय  बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षांैदेखि सरे खोलामा पुल नहुँदा धनगढीमाई–१२ र १४ का स्थानीयवासी जोखिमपूर्णरुपमा यात्रा गर्न बाध्य भएका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

सुख्खा मौसममा भन्दा वर्षायामको समयमा खोला तर्न ठूलो समस्या भइरहेको सो क्षेत्रका स्थानीयवासीले बताएका छन् । पुल निर्माणका लागि पटकपटक आग्रह गरे पनि हालसम्म पुल निर्माण नभएको स्थानीय सीताराम महतोले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“काम विशेषले धनगढी, गोलबजारसम्म पुग्न यही खोलाबाट वारपार गर्नुपर्ने हुन्छ”, गडमे टोलका बासिन्दा रामसेवक महतोले भने, “वर्षात्को समयमा खोलामा धेरै पानी हुन्छ, ज्यान नै बाजीमा राखेर ओहोरदोहोर गर्नुपर्ने बाध्यता हुने गरेको छ ।” खोलामा पुल नभएकाले गाउँदेखि टाढामा रहेको विद्यालय पुग्ने बालबालिका होस् वा सरकारी कार्यालय पुग्ने कर्मचारीलाई समेत ठूलै सकस भइरहेको उनको दुखेसो छ । 

सरे खोलामा पुल नहुँदा वर्षायामका बेला गाउँका बिरामीलाई अस्पतालसम्म लैजान असाध्यै कठिनाइ हुने गरेको महतोले बताए । पुलको समस्याबारे पटकपटक जनप्रतिनिधिदेखि सांसद र मन्त्रीलाई सुनाए पनि उनीहरुबाट आवश्वासनबाहेक केही नपाएको स्थानीयवासीको गुनासो छ । 


Advertisment
Nabil box
Kumari

वडा नं १२ का वडाध्यक्ष राजु श्रेष्ठले सरे खोलामा पुल निर्माण गर्न डिपिआर तयार गरी बजेटका लागि सङ्घीय सरकार र प्रदेश सरकारमा पेश गरेको जानकारी दिए। उनले पुल निर्माणका लागि बढी रकम लाग्ने र नगरपालिकाको बजेटबाट नभ्याउने भएकाले बजेटका लागि सङ्घीय सरकार र प्रदेश सरकारलाई योजना पेश गरेको बताए ।    
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x